स्पेन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसदलाई जानकारी, रास्वपा र राप्रपाको बहिष्कार

दलित अनलाइन असार १४, २०८२

काठमाडौं, असार १३ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन्।

भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ। आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने छन्।

उनको नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागि हुनेछन्। यो संख्यामा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन्।

परराष्ट्र मन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुने छन्।

भ्रमणबारे जानकारी गराएपछि प्रधानमन्त्रीले एसईई परीक्षा नतिजामा सुधार आएको भन्दै खसी समेत व्यक्त गरे।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन्।

त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ  गरेका थिए। राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोलेलगत्तै बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank