आ–आफ्नै अडानमा सत्तापक्ष र प्रतिपक्ष दल

दलित अनलाइन जेष्ठ २०, २०८२

काठमाडौँ — प्रतिपक्षबाट विगत २०६४ सालपछिका गृहमन्त्री र श्रममन्त्रीको छानबिन, गृहमन्त्री रमेश लेखकको राजीनामा माग र गृहमन्त्री लेखकको राजीनामा नदिने अडान कायमै रहँदा प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सञ्चालन हुन सकेन ।

यसअघिझैं भिजिट भिसा प्रकरणमा संलग्न रहेको अपरोपमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् । गृहमन्त्रीको राजीनामा माग गर्दा जेठ १३ र १४ गतेका बैठक पनि विपक्षले अवरुद्ध पारेका थिए ।

सभामुखको सदन खुलाउने प्रयास जारी भए पनि प्रतिनिधि सभाको मंगलबारको बैठक बस्दै नबसी सूचना जारी गरी बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले भिजिट भिसाको अनुसन्धान प्रभावित हुने भएकाले गृहमन्त्रीको राजीनामा मागिरहेका हुन् । उनीहरूले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेतको संलग्नता भएको आशंका पनि गरिरहेका छन् ।

Shivam Cement

२०६४ सालयता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्ने विषयलाई पनि उनीहरूले आफ्ना मागमा थप गरेका छन् । २०६४ सालमा लेखक श्रममन्त्री थिए । यस छानबिनमा सत्तापक्ष तयार भए सदनमा गृहमन्त्रीलाई बोल्न दिने विपक्षीहरूले बताएका छन् । सत्तापक्षले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने अडान राख्दै आएको छ ।

प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरूको असहयोग भएपछि मंगलबारबाट सुरु गर्ने भनिएको बजेटमाथिको छलफल प्रभावित भएको छ । मंगलबार संसद्को कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आव २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सुरु गर्ने र संघीय निजामती सेवा विधेयक प्रतिवेदन पेस गर्ने मुख्य थिए । सदनको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि उनी सूचना जारी गर्न बाध्य भएका थिए । सभामुख देवराज घिमिरेको पहल जारी रहेकाले ११ बजे बोलाइएको बैठक २ बजे बस्ने गरी सारेर सूचना जारी गरिएको थियो । २ बजेपछि पनि सभामुखले सदन खुलाउन पहल गरे तर सहमति नहुँदा बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank