घरमाथि रुख ढल्दा बुहारीको मुत्यु,सासू घाइते

दलित अनलाइन जेष्ठ ७, २०८२

डडेल्धुरा  —  डडेल्धुराको आलिताल गाउँपालिका -६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्। बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ ।

Laxmi sunrise bank 2034

घर माथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन्,अचानक घरमाथि रुख खसेर उनको मृत्यु भएको स्थानीय राम कुँवरले जनाएका छन् ।  स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई स्थानीयले प्रहरीको सहयोगमा उदार गरि अस्पताल पुर्‍याएका छन्। मृतक  कामीका एक छोरा र एक छोरी छन् ।कामीको घर पूर्णरूपमा क्षति भएको छ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank