अर्घाखाँचीमा कुवा छोएको निहुँमा कुटिइन् दलित युवती

दलित अनलाइन बैशाख १८, २०८२

काठामडौं   — मालारानी गाउँपालिका–४ निगालीटोलका स्थानीय डिलाराम रिजालले कुवामाथि मन्दिर रहेको र दलितले पानी भर्दा र कपडा धुँदा अछूतो हुने भन्दै जातीय विभेदजन्य गाली गलौज गरी स्थानीय २२ वर्षीय प्रिति विकलाई कुटपिट गरेका छन् ।

अर्घाखाँची मालारानी गाउँपालिका वडा ४ की २२ वर्षीय प्रिति विकलाई मंगलबार विहान पानी लिन कुवामा गएका बेला कुवामाथि मन्दिर रहेको र दलितले पानी भर्दा र कपडा धुँदा अछूतो हुने भन्दै कुटपिट गरेका हुन ।

Laxmi sunrise bank 2034

कुवा फोहोर बनाइदिएको आरोप लगाउँदै सुरुमा गालीगलौज गरेका थिए । त्यसपछि विकले कुवा नछाडेपछि कुटपिट गरेका थिए । रिजालले विकलाई लाठीले ढाडमा हानेका थिए । कुट्दै गर्दा विक चिच्याएर छिमेकीसँग गुहार मागेकी थिइन् ।

छिमेकी आएपछि रिजाल भागेका थिए ।
कुटपिट गर्ने रिजाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएपछि पीडित विकका आफन्तले पक्राउ परेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडेको छ ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले अनुसन्धान गर्दै जातीय भेद्भावले कुटपिट गरेको भन्दा कुवामा फोहोर बनाएका कारणले घटना भएको बताए । आफन्तले कुटपिट गरेको भन्दै उजुरी दिएपछि मंगलबार नियन्त्रणमा लिइएको र घाइते विकसहित आफन्तले नियन्त्रणमा रहेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडिएको उनले बताए । जातीय छुवाछूतको जाहेरी थिएन, कुटपिटको उजुरीमात्रै भएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank