यो सरकार धेरै दिन टिक्दैन : प्रचण्ड

दलित अनलाइन बैशाख २, २०८२

नवलपरासी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन्। मंगलबार नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने, ‘मैले चितवनमा बोल्दा कुनै दल वा दलका नेताहरूसँग छलफल गरेर बोलेको त होइन, तर घटनाक्रमले यस्तै देखाएको छ। मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ।’

शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजपीडित, सहकारीपीडितहरूसहित अधिकांश दलहरू सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डको जिकिर थियो। उनले सरकारमा रहेका दलका नेताहरूले नै सरकारले गरेको काममा असन्तुष्टि पोखेको बताए। उनले यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने टिप्पणी गरे।

Laxmi sunrise bank 2034

प्रचण्डले शिक्षकहरूको आन्दोलनबारे नकारात्मक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी ओलीले आगोमा घिउ थप्ने काम गरेकोसमेत आरोप बताए। आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार यो सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्नेमा उनको जोड थियो। प्रचण्डले भने, ‘सम्भव हुने मागहरू क्याबिनेटको बैठक बसेर पूरा गर्नुपर्छ अनि बाँकी माग संसद्को बैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पूरा गर्नुपर्छ।’

माओवादी केन्द्रले नवलपुरबाट पुनः सुरु गरेको मधेश जागरण अभियानअन्तर्गत आज जागरण अभियानमा सहभागी माओवादीका नेताहरू गैँडाकोट हुँदै कावासोती आइपुगेका छन्। सो क्रममा अध्यक्ष प्रचण्डसहितको टोेलीहरूले गैँडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा समेत माल्यार्पण गरेका थिए।

आज नै उनले रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा अवलोकन र कावासोतीमा बेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए। टोली आज पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank