बानेश्वरको बीच सडकमा शिक्षकहरुले धर्ना कसे

दलित अनलाइन बैशाख २, २०८२

काठमाडौँ— विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार राजधानीको नयाँ बानेश्वरमा धर्ना दिएका छन्।

माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले बीच सडकमा धर्ना दिएका हुन्। नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि शिक्षकहरुले सडकमै बसेर धर्ना दिएका हुन्।

आन्दोलनकाक्रममा महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय लिएको छ।

Laxmi sunrise bank 2034

विगतमा आफूहरूसँग सरकारले गरेको सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग नेपाल शिक्षक महासंघले गर्दै आएको छ । महासंघले काठमाडौं केन्द्रीत आन्दोलन गर्नेक्रममा १४ औं दिन मंगलबार सडकमा धर्ना दिएको हो।

शिक्षकहरू राजधानी केन्द्रीत आन्दोलनमा उत्रेका कारण नयाँ शैक्षिक सत्र समेत प्रभावित भएको छ । महासंघले द्रूत माध्यमबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राख्दै आएको छ । माग पूरा नहुँदासम्म शैक्षिक हडताल जारी राख्ने अडानमा शिक्षकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank