सुरक्षा प्रमुखलाई डाकेर आयोगले भन्यो– शुक्रबार हुने प्रदर्शनमा सुरक्षाको कमी नहोस्

दलित अनलाइन चैत्र १४, २०८१

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई सजग गराएको छ।

आयोगले विहीबार उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गर्दै सजग हुन निर्देशन दिएको हो।

Laxmi sunrise bank 2034

आयोगमा पुगेका सुरक्षा प्रमुखले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको ‘ब्रिफिङ’ गरेका थिए।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिएको प्रेश विज्ञप्तिमार्फत आयोगले जानकारी दिएको छ।

भोलि काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ। उक्त प्रदर्शनमा हुनसक्ने मुठभेडलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।

आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताएको छ।

‘आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ,’ आयोगले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank