काठमाडौं — दलितका लागि दलित अभियानले गृहमन्त्री रमेश लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको छ।
मङ्गलबार (आज) ‘अन्तरजातीय बिहे गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार’ शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि अभियानले गृहमन्त्री लेखकलाई सामाजिक बहिष्कार गर्न माग गरेको हो।

अभियानका संयोजक खगेन्द्र सुनारले गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गरेको भन्दै एक दलित युवालाई चरम यातना दिएर जेल हालेको उल्लेख गर्दै भनेका छन्, ‘दलितमाथि हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर्नुपर्छ, सामाजिक बहिष्कार गर्नुपर्छ।’ बुधबार संयोजक सुनारले काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। त्यहाँबाटै विस्तृत जानकारी दिने सुनारले बताए


























Leave a Reply