विज्ञान पढ्न छोडेर गीत संगितमा भविष्य खोज्दै राजेश बर्देवा

दलित अनलाईन १० भाद्र २०७५, आईतवार २०:४२

विज्ञान पढ्दापढ्दै मन विगारेर संगीततिर हानिनुभएका राजेश बर्देवा विगत ४ वर्ष यता निरन्तर सक्रिय हुनुुहुन्छ । बिएसि गर्दागर्दै गीत गाउन सुरु गर्नुभएका राजेशले झन्डै दुई दर्जन भन्दा बेसी गीतमा स्वर दिइसक्नुभएको छ । बाग्लुङ घुम्न जाऔ हिड चैते दशै मेला बोलको गीतबाट गायन यात्रामा निस्किनुभएका बर्देवा दर्शकहरुको मायाबाट झनै बढी माझिने विश्वस व्यक्त गर्नुहुन्छ ।
बर्देवाका माया जाल मा पार्यो माया ले , बोर भयो मायालु गितार बजाइदेउ , झिम्झिम गर्ने परेली ले आँखा मार्यो कस्लाई लगायत का गीतहरु दर्शकले रुचाइएका गीत हुन् ।
विगत चार वर्ष बर्देवाले तीज गीतहरु पनि निरन्तर गाउँदै आउनुभएको छ । आमा लाई बुहारी, पुर्ब तिर बिजुली चम्क्यो, आइफोन सेबेन, घुम्तिनिर सिसाको ऐना, सारी लाएर , लगायत का गीतहरु सार्वजनिक भइसकेका छन् । यो वर्ष पनि तीज कान्छीलाई पट्ट्यायो झिल्केले ,छड्के पोते रातो सारी, सबै प्रदेशमा हो लगायत का गीतहरु सार्वजनिक गर्नुभएको छ । तीज गितमात्र नभएर राजेश बर्देवाको आवाजमा लोक पप गीत आहा साइली पनि सार्वजनिक भइसकेको छ । शब्द संगित र एरेन्ज समेत गर्ने राजेशले रेडियो पत्रकारिताको पनि अनुभव बटुलिसक्नुभएको छ । बर्देवा गायनसँग कुसल कार्यक्रम उद्घोषक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank