सांगीतिक क्षेत्रमा जम्दै सञ्चारकर्मी अनिल पहाडी

दलित अनलाईन ९ भाद्र २०७५, शनिबार २०:२७

रुपन्देही जिल्ला आफैमा पनि एउटा कलाकारिताको उर्वर भुमिको रुपमा रहेको छ । रुपन्देही बाट उत्पादन भएका कलाकारले देश तथा विदेशमा आफ्नो सांगीतिक यात्रामा निरन्तर व्यस्त भैरहेका छन् । आकांक्षा बस्याल, एन्जिला रेग्मी, सित्तल शर्मा , रुपा जिएम लगायत कलाकारलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
सोही क्रममा विगत लामो समय देखि रेडियोमा आवाजको माध्यमबाट सबैको मनमा बस्न सफल संचारकर्मी एवं गायक अनिल पहाडीलाई पनि रुपन्देहीको एउटा राम्रो संभावना बोकेको कलाकारको रुपमा हेर्न सकिन्छ । रुपन्देहीको सैनामैना नगरपालिकाको बनकट्टामा बस्दै आउनुभएका गायक अनिल स्थापना काल देखि नै बुटवलको रेडियो रिपब्लिकमा कुशल कार्यक्रम प्रस्तोता हुँदै अहिले कार्यक्रम प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ भने उहाँको गीत संगीतको यात्रा पनि निरन्तर चलिरहेको छ ।
उहाँको सांगीतिक क्षेत्रको सुरुवात भने २०६८ सालबाट भएको थियो । बुटवलमा आयोजित प्रर्दशनी आईडलमा उहाँ उपबिजेता (दोस्रो) हुन सफल हुनुभएको थियो । घरबाट ढाँटेर अडिसन दिन जानुभएका अनिल दोश्रो हुन सफल हुनुभएको थियो । त्यसको लगत्तै उहाँले पहिलो रेकर्डिङ गीत ‘मन परेको मान्छे टाढा नभैदिए हुन्थ्यो’ गीत गाउनुभयो । गीत सोचे अनुरुप नचले पनी सोही गीतबाट उहाँ गायकको रुपमा चिनिन थाल्नुभयो ।


उहाँको अहिले सम्म दर्जनभन्दा धेरै गीत बजारमा आईसकेको छ । माया छुट्नुमा गल्ती मेरो पनि थियो, हाम्रो माया संसारकै, तिमिलाई माया गर्छु भन्न डराउनाले, कहाँ छौ तिमी , लगायत धेरै गीत उहाँको आवाजमा रहेर बजारमा आएका छन् । उहाँकै शब्द संगीतमा सरिता पन्थीको आवाज मा ‘कहाँ छौ तिमी’ को महिला आवाजको गीत र अहिलेकी सुप्रसिद्ध गायिका मेलिना राई संग दौतरी नामक एल्बम आउने तयारी भएको बताउनुभयो । साथै मेलिना राई संग गाउन पाउँदा आफुलाई अत्यन्त खुसी लागेको पनि उहाँले अनुभव सुनाउनुभयो । उहाँले हालै मात्र रेडियो सुद्दोधनको लागि जिङल गीत पनि गाउनुभएको छ । राजकुमार बगरको शब्द संगीतमा तयार भएको जिङ्गलमा श्रियसि चेम्जोङ राईले साथ दिनुभएको छ । उहाँलाई अहिले घर परिवारले राम्रो साथ दिएकोले आफुलाई खुसी लागेको उहाँले बताउनुभयो ।

गीत संगीतमा मात्र सीमित नभएर उहाँ अध्ययनलाई पनि निरन्तरता दिइरहनुभएको छ । उहाँ अहिले मास्टर्स सकाएर थेसिसको अन्तिम तयारीमा पनि हुनुहुन्छ । दलित समुदायको पन्चेबाजाको विषयमा आफुले अध्ययन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank