अझैं कायम छ वादी समुदायमा खुलेआम यौन पेसा ? (भिडियोसहित)

दलित अनलाईन ११ असार २०७५, सोमबार १६:१४

काठमाडौं  –  पश्चिम नेपालको दाङ, बाँके, सल्यान सहितका जिल्लामा बसोबास गर्छन् वादी समुदाय । उनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था अहिले पनि दयनीय नै छ ।

तिनै वादी समुदायको कथामा आधारित रहेर नेपाली चलचित्र ‘पण्डित बाजेको लौरी’ को निर्माण भएको छ । जुन यही साउन ४ मा प्रदर्शनीमा आउँदैछ ।

दिपक ओलीद्धारा निर्देशित चलचित्र ‘पण्डित बाजेको लौरी’ मा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतले अभिनय गरेका छन् ।

‘पण्डित बाजेको लौरी’ मा विदुर पाण्डेको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्णबम मल्ल तथा अमित श्रेष्ठको संगीत छ ।

‘पण्डित बाजेको लौरी’ मा कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘वादी’ को कथाका झलक समेत देखाइएको छ । नेपालको एउटा समुदाय आफ्नो जिविको चलाउन खुलेआम यौन पेसामा संलग्न छन् भन्ने चलचित्रमा देखाइएको छ ।

चलचित्र ‘पण्डित बाजेको लौरी’ यौन पेसामा संलग्न हुन बाध्य वादी समुदायको यर्थाथ बोकेर बनेको छ । दाङ, बाँके, सल्यान सहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको चलचित्र ‘पण्डित बाजेको लौरी’ का लेखक महेश दवाडी हुन् ।

चलचित्र ‘पण्डित बाजेको लौरी’ मा विजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’का रुपमा देखाइएको छ । तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डित समुदाय बीचको सम्बन्धलाई चलचित्रले देखाउन खोजेको निर्देशक ओलीले बताए ।

Video

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank