कविता नेपाली डान्सिङ सुपरस्टार

दलित अनलाईन १९ श्रावण २०७५, शनिबार २३:४६

काठमाडौ — सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बन्नुभएको छ । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उहाँले उक्त उपाधि चुम्नु भएको हो । उपाधिसँगै उहाँले नगद २५ लाख पनि जित्नुभएको छ ।

फ्रस्ट रनरअप प्रगती पुन बन्नुभयो भने सेकेन्ड रनरअप सरोज मोक्तान हुनुभयो । प्रगतिले ६ लाख सरोजले चार लाख नगद पाउनुभएको छ ।
बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत् देशभरबाट तीन हजार डान्सर सहभागी हुनुन्थ्यो । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उहाँहरू मध्येबाट १८ जना प्रतियोगी छानिदै भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट हुनभएको थियो ।
अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उहाँहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।
अन्तर्रा्ष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा एपीवान टेलिभिजनले पहिलोपटक आयोजना गरेको हो । भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ । त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो । यसलगत्तै नेपाल आइडल सिजन टु साउन २४ गतेबाट सञ्चालन हुँदैछ ।
करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेनुभएको थियो । ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको यो पहिलो हो ।

तस्बीर : एपी वान टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank