भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा पुरस्कृत

दलित अनलाईन २६ असार २०७९, आईतवार २२:४०

काठमाडाैं — सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ। ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गरे ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०७८  पुरस्कारबाट लेखक तथा समालाेचक खगेन्द्र संग्राैला, काठमाडौं, दलित आन्दाेलनका अग्रज नेता तथा पुर्वमन्त्री लालबहादुर बिश्वकर्मा, कंचनपुर र संस्कृति अन्वेषक डा.गाेविन्द नेपाली,  जुम्ला पुरस्कृत भए । यो पुरस्कारको राशि जनही रु. १ लाख र ताम्रपत्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank