दलित सामुदायिक होमस्टेमा याेगदान पुर्‍याएका चार जना सम्मानित

दलित अनलाईन १८ असार २०७९, शनिबार २१:३०

तनहुँ  — तनहुँकाे व्यास नगरपालिका– १३ मा रहेकाे नेपालकाे पहिलो दलित सामुदायिक होमस्टेमा जारी आँपस्वारा काव्य यात्रा– २०७९ बाट चार जना व्यक्ति सम्मानित भएका छन्।

‘कन्सेप्ट नेपाल’ले आयाेजना गरेकाे साे कार्यक्रममार्फत विभिन्न विधामा नेपालकाे पहिलो दलित सामुदायिक होमस्टेमा याेगदान पुर्‍याएका चार जना व्यक्तिलाई सम्मान गरिएकाे हाे।

तनहुँको व्यास नगरपालिका–१३ स्थित आँपस्वारा गाउँमा स्थानीयस्तरमा परम्परागत सिप, ज्ञान र संस्कृतिमार्फत पर्यटनमा योगदान पुर्‍याउने  कलाकारलाई सम्मान गरिएको कन्सेप्ट नेपालका संयोजक अमृत भादगाउँलेले जानकारी दिए।

सम्मानित हुनेमा माटोका गहना बनाउने मेनुका विश्वकर्मा, आरनको काम गर्ने डिल बहादुर बिश्वकर्मा, मादल बजाउन सिपालु सुन्दर बिश्वकर्मा र बाँसका सामान बनाउने कलाकार तुलसी बहादुर मगरलाई सम्मान गरेको हो।  उनीहरूलाई जनही १०–१० हजार नगदसहित सम्मान गरेको हो।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटन क्षेत्रमा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमा एक दर्जन बढी साहित्यकारले प्रस्तुत दिएका थिए।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटन क्षेत्रमा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्ने उद्देश्यले आयाेजना गरिएकाे साे कार्यक्रमा एक दर्जन बढी साहित्यकारले प्रस्तुत दिएका थिए।

त्यस्तै सम्मान कार्यक्रममा बाेल्दै व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्याैपानेले जातीयविरूद्धकाे अभियनमा ऐक्यवद्धता जनाउने बताए। ‘साेचका कारण समाजमा जातीय विभेद भएकाे हाे, हामी पनि यस्ताे साेच परिवर्तनमा लागिरहेका छाैँ,’ मेयर न्याैपाने भने,‘हाम्राे गाउँमा आएर यहाँका प्रतिभालाई सम्मान र प्राेत्साहन गर्नुभएकाेमा धन्यवाद छ।’

त्यस्तै कार्यक्रमका सभापति रेशम विकले आफूहरू जातीय विभेदविरूद्ध लडिरहे पनि समस्या समाधान गर्न नसकेकाे बताए।

तनहुँको दमौली बजारबाट करिव ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान छर्लङ्ग देखिन्छ।

आँपस्वारावासीले वि.सं. २०७२ सालदेखि पर्यटनका माध्यमबाट छुवाछुत अन्त्य र आर्थिक विकास सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्। हाल गाउँका १८ घरमा होमस्टे सञ्चालनमा छन।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न मुलुकका २५ जना स्थापित लेखकलाई कन्सेप्टले घुमाउन लगेको हो।

उनीहरूले  होमस्टेमा बसेर गाउँलेसँग अन्तरक्रिया गर्नेछन्। अनि यात्राबाट फर्केर मिडियामा आ–आफ्ना अनुभव लेख्नेछन्।

‘समग्र आँपस्वाराबासीको सम्मान गर्ने हाम्रो उद्देश्य हो’, कार्यक्रमका संयोजक एवं पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्, ‘आँपस्वारा प्रवर्द्धन गर्न हाम्रो यात्रा कोशेढुङ्गा बन्ने छ।’

यति मात्र होइन, आयोजकले आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामाग्री पनि उत्पादन गर्नेछ। यसबाट गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।

पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न गाउँलेले वि.सं. २०७२ सालदेखि सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्। हाल गाउँका १८ घरमा पर्यटक राखिन्छ।

दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणिय गाउँ हो। ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन्। गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ।

कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो। खप्तड र फोक्सुन्डोको प्रवर्द्धन गर्न ती दुवै यात्रा कोशेढुङ्गा सावित भएका थिए।

यसैगरि उसले सुदूरपश्चिमकी लोकगायिका डिक्रा बादीलाई काठमाडौंमा ल्याएर एकल गायन कार्यक्रम पनि आयोजना गरेको थियो। आउँदो दसैं अगाडि नै पोखराका कवि इन्द्र राना प्रतीकको पनि एकल कविता वाचन कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको संयोजक भादगाउँलेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank