लोकगायिका दिलमाया सुनारको प्रेमीले हत्या गरेको खुलासा

दलित अनलाईन १३ असार २०७९, सोमबार १०:११

काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको खुलासा भएको छ । सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि  सुनारको हत्या  प्रेमी सुरेश श्रेष्ठले गरेको प्रहरीको विशेष स्रोतले जनाएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठले विवाह गर्न दवाव दिएपछि विवाद हुँदा हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रेमिका सुनारको आत्महत्या देखाउन सुरेशले आफैँ सुसाइड नोट लेखेको स्वीकार गरेका छन् ।  हत्या लुकाउन सुरेशले दिलमायाको भावुक भिडियोहरु समेत पोष्ट  समेत गरेका थिए ।  बालाजुको नेपालटारस्थित कोठामा आइतबार विहान सुनारको शव फेला परेको थियो ।

सुसाइड नोट नक्कली

नमस्कार सबै जनामा र सबैलाई मिठो सम्झना छ । यो जिन्दगिको उतावचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ अनि म एक्लो भएँ र कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिनँ । तर पनि हार खाईनँ तर अहिले धेरै गाह्रो भयो । म बाँचेर पनि दिनदिनै मर्न सकिनँ । आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगिको मोड धेरै अप्ठेरा आए पार पनि गरेँ । मैले गरेजस्तो लाग्दैन । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाउँ आमा दुःख पोख्न माइत आउँ भनी तिमलाई थाहा छ सबै कुरा भित्रभित्रै मोरेर बाँचेछु । आमा म नभएर केभो त ४ बैनी छोरी अरस छन् । मन बुजाउनु नरुनु आमा । छोरा तिमीलाई धेरै पढाउने मन र ठूलो मान्छे बनाउने मन थियो छोरा सकिनँ । तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है । म नभए तापनि मेरो आशीर्वाद सधैँ तिमीसित हुनेछ । बैनी हर्ष आमालाई गालि नगर्नु ।

आमा बाँच्दासम्म मेरो कमि हुन नदिनु । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनु जसले भए पनि । र म थाकेँ धेरै थाकेँ अब म बाँच्न सक्दिनँ यो दुनियाँ धेरै स्वार्थी छ र म आफ्नो ईच्छाले यो कदम उचालेकी छु । र कसैलाई दोष छैन । र कसैले खोजी नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु । म शीत पैसा छैन । म शीत थोरै सुन छ । त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु । घरबेटीहरुलाई कसैले केही नगर्नु र अरसलाई पनि कसैले केही नगर्नु र मेरो लाश जसरी हुन्छ घरसम्म पुर्याइदिनु अप्ठ्यारोमा मेरो छोरालाई हेर्दिनु । छोरा चिन्ता नगर्नु है यही सम्झिनु मेरो आमा सानैमा मरेको हो भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो । कतिबेला के हुन्छ थाहा छैन मेरो जीवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank