किन भएन ईलाका प्रहरी कार्यालय पिपरा मरणासन्न अवस्था रहेका विकको जोहरी दर्ता

दलित अनलाईन १० असार २०७९, शुक्रबार १२:५२

कपिलवस्तु—ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा दैनिक जसो विभिन्न चोरी तस्करी, कुटपिट जस्ता जघन्य अपराधका मुद्धा दर्ताका लागि दैनिक जसो सर्वसाधरण न्याय माग्दै प्रहरीकोमा जाने गरेता पनि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति समेत गर्न पाएका छैन्न ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा- ७ वनगाई बजार लाईनमा गत असार ६ गते विहान ८ बजेको समयमा सामान्य फेसबुकमा पोष्ट गरेर चरित्र हत्या गर्न खोजेको भन्ने आधारमा अनिसा गिरीका दाजु र उनका परिवारले वर्ष २४ का सन्दीप विकलाई विकको घरमा गई हातपात गरेका थिए । केही समय पछि अनिसा गिरीको घर नजिकैको बस्नेत खाजा घरकोे दोस्रो तल्लामा विकलाई बोलाई हिमाल थापा, पुर्षोत्म सिंजालीले मोटर साईकलको हेल्मेटले विकको टाउको, शरिरमा प्रहार गरि मरणासन्न अवस्था बनाएर होटलको माथिल्लो तल्लाबाट तल फालेको उनका अंकल डम्बर विकले बताए । विकको अवस्था निकै नाजुक भई भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको छ ।

कुटपिट गर्ने थापा, सिंजाली र गिरी अहिले आफनै घरमा भएको भन्ने सुचाना प्रहरीलाई जानकारी हुँदा समेत प्रहरीले उनलाई सोधपुछका लागि समेत बोलाएको छैन । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको छैन ।

घटना घटेका छ दिन वित्दा समेत रमिते बन्नुमा कस्को दोस छ । ईलाका प्रहरी कार्यालय माथि प्रश्न चिन्ह खडा भएको छ । सोही घटनालाई लिएर ईलाका प्रहरी कार्यालय पिपरामा पुगेका विकका परिवारले हामी माथी अन्याय भयो । मेरो छोराले गल्ती गरेको भए पनि कानुनी बाटाहरु धेरै थिए किन कुटपीट भयो मान्छेको अवस्था नाजुक छ । हामीलाई न्याय दिलाई दिनुहोस भन्दै प्रहरीकोमा पुगेका परिवारलाई ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक वावु के.सीले हामी दोसीलाई पक्राउ गर्छो कारवाहीको प्रक्रिर्या अगाडि बढाउछौ । भन्नुको सट्टा हामीलाई वाणगंगा वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले मुद्धा दर्ता नगर्नु भन्ने आदेश दिनु भएको छ । हामी मुद्धा दर्ता गर्न सक्दैनौ भनेर पिडितलाई काटेको घाउमा नुन खुर्सानी छर्ने काम गरेका छन् ।

के.सी ईलाका प्रहरी कार्यालय पिपरामा स्थानीय तहको निर्वाचन भन्दा केही दिन अगाडी मात्र आएका थिए । उनले अहिलेसम्म शान्ती सुरक्षा,चोरी तस्करी, लागु औषध नियन्त्रणका क्षेत्रमा कुनै पनि काम नगरेको आम सर्वसाधारणले आरोप लगाउदै आएका छन् ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालय पिपरामा चल्ने सामान्य खालका मुद्धा देखि ठुला जघन्य अपराधका मुद्धामा पैसाको चलखेल हुने गरेको विषयमा विभिन्न मिडियामा समाचार आई रहेका वेला कतै विकको मुद्धा दर्ता नहुनुमा पनि कुटपिट गर्ने संग कतै पैसाको चलखेल भए कै कारण विकको जाहेरी लिन प्रहरीले नमानेको त हैन उनका परिवारले सोही विषयमा पनि आरोप लगाउदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank