तस्बिरमा हेरौं निर्वाचित जनप्रतिनिधिहरु शपथ

दलित अनलाईन ९ जेष्ठ २०७९, सोमबार २३:४४

काठमाडौं—स्थानीय तह निर्वाचनबाट  निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार स्थानीय तह निर्वाचनमा विजयी भएका प्रमुख ,उपप्रमुख , पालिका अध्यक्ष ,उपाध्यक्ष ,वडाअध्यक्ष र सदस्यहरुले  पद तथा गोपनीयताको शपथग्रहण  गरेका हुन् । जनप्रतिनिधिहरुको पद तथा गोपनियताको शपथ हेरौं तस्बिरमा ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष निमा लामा जिल्ला न्यायधिस दिनबन्धु बरालबाट सोमबार जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुदै ।

विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुँदै ।

धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावालीले नगरपालिका प्रमुख तथा गाउँपालिकाअध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै ।

विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख नागेश कोइरालाले १९ वडाका वडाअध्यक्षहरुलाई सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु हुँदै ।

राजविराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भिमराज यादवलाई सोमबार राजविराज नगरपालिकाको प्राङगणमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराउनु हुँदै मुख्य निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवाली ।

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ गराउँदै नगरप्रमुख अजय थापा ।

विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख नागेश कोइरालाले १९ वडाका वडाअध्यक्षहरुलाई सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु हुँदै ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी सोमवार पालिकाका नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुहुँदै

धनगढी उपमहानगरापालिकाका १९ वटै वडा नवनिर्वाचित जनप्रतिनिधिहरु सोमबार सपथ ग्रहण गर्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank