वडाध्यक्षमा मुसहर समुदायका  २४ वर्षीय लालदेव सदा विजयी

दलित अनलाईन ६ जेष्ठ २०७९, शुक्रबार २२:१५

सुनसरी — सुनसरीको सिमावर्ती स्थानीय तह कोशी गाउँपालिका वडा ७ को वडाध्यक्षमा मुसहर समुदायका  २४ वर्षीय लालदेव सदा विजयी भएका छन् ।

सदा नेकपा माओवादी केन्द्रबाट मुसहर समुदायका युवा उम्मेदवार हुन् । यसपटकको निर्वाचनमा निर्वाचित भएका उम्मेदवारमध्ये मुसहर समुदायबाट लालदेव प्रदेश १ कै पहिलो वडाध्यक्ष जनप्रतिनिधि हुन्

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोलाई १७० मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले ६११ मत ल्याउँदा पराजित महतोले ४४१ मत ल्याएका थिए । लालदेवसँगै उनको प्यानल नै वडामा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank