नीलकण्ठ नगरपालिकाको उपमेयरमा दीपक विश्वकर्मा निर्वाचित

दलित अनलाईन ५ जेष्ठ २०७९, बिहीबार ११:३५

काठमाडौं — धादिङको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेको छ । नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी हुँदा उपमेयरमा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा निर्वाचित भए ।

बुधबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा निर्वाचित ढुंगानाले १३ हजार ६७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत ल्याइन् । ढुंगाना नीलकण्ठकै निवर्तमान मेयरसमेत हुन् । ०७४ को निर्वाचनमा उनी लोकप्रिय मतका साथ नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

उपमेयरमा १ हजार २२३ मतान्तरले विश्वकर्मा निर्वाचित भएका हुन् । उनी ९ हजार ३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फन्द्रा तामाङले म७ हजार ७८० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएकी कल्पना अधिकारीले ४ हजार ३७१ मत ल्याइन्।

अघिल्लो निर्वाचनमा पनि नीलकण्ठमा माओवादी र कांग्रेसले तालमेल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank