भरतपुरमा रेनु दाहाल तीन हजार मतले

दलित अनलाईन ५ जेष्ठ २०७९, बिहीबार ०९:५२

काठमाडौं  — भरतपुर महानगरपालिकामा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले निकै फराकिलो  मतले अग्रता बढाउँदै लगेकी छन्।

आज बिहानसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार दाहालले तीन हजार मतको अग्रता कायम गरेकी छन्। उनले १४ हजार ७६६ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ११ हजार ७६५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मत पाएका छन्। प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत नौ हजार ५०१ मत पाएकी छन्।

भरतपुरमा आज बिहानसम्म ३८ हजार ८६४ मतगणना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank