
काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै ध्यान मधेसमा केन्द्रित भएकाे बताएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको बताएका हुन्। यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने उनकाे भनाइ थियाे।
मधेसी जनताले भोगेको विभेद र अपमान मधेशको मात्रै नभइ देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको उनले बताए।
यस्तै, उनले झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे।
Leave a Reply