चौरजहारी नगरपालिकामा पुष्‍प वादी विजयी

दलित अनलाईन ४ जेष्ठ २०७९, बुधबार १३:५०

काठमाडौं — चौरजहारी नगरपालिकामा माओवादी केन्द्र उम्मेदवार पुष्‍प वादी विजयी भएका छन् ।

चौरजहारी नगरपालिका अध्यक्षमा वादीले  ६,८८२ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार प्रेमबहादुर वलीलाई ५७१ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमबहादुर वलीले ६,३११ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रबाटै ईश्‍वरीकुमारी शर्मा (बीएम) विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद ओलीलाई  १३ सयभन्दा बढी मतले विजयी भएकी हुन् । शर्मा (बीएम) ले ७००२ मत ल्याई विजयी भएकी हुन् । प्रतिद्वन्द्वी एमालेका टंकप्रसादले ५७४४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank