शासक होइन जनताको सेवक बन्न उम्मेदवारी उम्मेदवारी दिएको हुँ :दुर्गाबहादुर विश्वकर्मा

दलित अनलाईन २७ बैशाख २०७९, मंगलवार १७:३८

काठमाडौं — लालबन्दी नगरपालिको मेयरका लागि बहुजन एकता पार्टी नेपालका उम्मेदवार दुर्गाबहादुर विश्वकर्माले आफू शासक बन्न नभई जनताको सेवक बन्न उम्मेदवारी दिएको बताएका छन् ।

दलित अनलाईन डटकमसँग कुराकानी गदै विश्वकर्माले बहुजन एकता पार्टी सिमान्तकृत समुदाय पक्षमा काम गर्न राष्टिय पार्टी भएको बताउँदै आफू शासक बन्न नभई जनताको सेवक बन्न उम्मेदवारी दिएको बताएका हुन् ।

 

विश्वकर्माले जनताले सेवक बन्ने शौभाग्य प्रदान गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । ‘मेरो ज्ञान, सिप क्षमता, भिजन र योजनाहरु नगरपालिका पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।

विश्वकर्माले नगरपालिकाभित्र जनचेतना अभिवृद्धि, सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षालाई जोड दिने उनले बताए । ‘त्यसका लागि जनताबाटै सल्लाह र सुझावको अपेक्षा गर्छु,’ उनले भने ।

उनले स्थानीय तह निर्वाचनबा आफू र आफ्नो नेतृत्वले जित्ने विश्वास व्यक्त गरे । नगरपालिका र त्यसअन्तर्गतका वडामा बहुजन एकता पार्टीको जित सुनिश्चित रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank