दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन

दलित अनलाईन १९ बैशाख २०७९, सोमबार १७:२४

काठमाडौं —निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो ।

यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्थानीय तहका हरेक वडामा दुई  जना महिलामध्ये एक जना दलित महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।  स्थानीय तह निर्वाचन २०७४ मा १७९ वटा वडामा दलित महिलाको कोटा खाली रहेको थियो ।  त्यस्तै स्थानीय तह निर्वाचनमा ३५३ जना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । त्यसमा एकल उम्मेदवार परेपछि उहाँहरु निर्विरोध निर्वाचित भएका आयोगले जनाएको छ ।

One response to “दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन”

  1. Ganesh nepali says:

    विशेष कारण के रहेछ? सम्बन्धित वडामा बसोबास नभएर हो कि? या उम्मेद्बारी दर्ता गर्न नदिईएको हो कि? पार्टीका सदस्य नै नभए पनि स्वतन्त्र उम्मेदवारी दिने वातावरण किन बनेन्? यस्ता प्रश्न हरु अनुत्तरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank