जाजरकोटमा एमाले नेताबाट कुटिए लालबहादुर नेपाली

दलित अनलाईन २१ चैत्र २०७८, सोमबार ११:५४

काठमाडौ — नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीले जातीय आधारमा गालीगौलज गदै स्थानीय लालबहादुर नेपालीलाई निर्घात रुपमा कुटपिट गरेका छन् ।

छेडागाड नगरपालिका वडा ८ का स्थानीय गिरीले टोली गाउँका लालबहादुर नेपालीलाई आइतबार साझा ६ बजे जातीय आधारमा गालीगौलज गरी कुटपिट गरेका हुन् ।

गिरीको समूहबाट कुटिएका नेपालीको मुख,नाक,हातहरुमा चोट पुग्ने गरी कुटिएका छन् । गिरीले जातीय आधारमा कुटपिट गरी नेपालीका कपडा समेत खोलीदिएका थिए ।

गिरीले नेपालीलाई कुटपिट गर्न वडा अध्यक्ष लालबहादुर खत्रीका छोरा र भाइलाई समेत प्रयोग गरेका थिए । छेडागाड नगरपालिका वडा ८ का वडा अध्यक्ष लालबहादुर खत्रीका अनुसर गिरीले आफ्ना माइलो छोरा महेन्द्र खत्री र भाई प्रकाश खत्रीलाई लगेर नेपाली कुटपिट गरेको आफुले पछि मात्र थहाँ पाएको दलित अनलाईनलाई जानकारी दिए । ‘म घरमा थिएन्, नेपालीमाथि निर्घात कुटपिट भएको पछि थहाँ पाए ,उनले भने,‘ यो राजनीतिक प्रतिशोधको घटना हो ,जातीय आधारमा पनि घटना भएको हुनसक्छ ।’

वडाअध्यक्ष खत्रीका अनुसार नेपाली र कुटपिट गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालयले लगेपनि एक घण्टापछि उनीहरुलाई प्रहरी कार्यालयबाट छाडिएको थियो ।

गाउँको घटना गाउँमै मिलापत्र हुने भन्दै उल्टो गिरीले प्रहरी कार्यालयबाट वडा अध्यक्ष लालबहादुर खत्रीलाई सम्पर्क गरी घटना मिलाउन दबाब दिएका थिए । वडा अध्यक्ष खत्रीले पनि गाउँको घटना सहमतिमै मिलाउन सकिन्छ भनेर उनीहरुलाई छुटाएका थिए ।

नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीबाट कुटिएका लालबहादुर नेपाली नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

जातीय आधारमा आफुँमाथि पटक पटक गाली र धम्की दिएको बताउँदै पीडित लालबहादुर नेपालीले आइतबार आफुलाई सुनियोजित ढंगबाट कुटपिट भएको बताए । ‘मलाई पहिला पनि दलितको छोरो भएर जागिर खाने भन्दै जातीय आधारमा गाली गरे, हिजो त मार्ने योजनासहित कुटपिट नै गरे ।’

पीडित लालबहादुर नेपालीका अनुसार यो राजनीतिक प्रतिशोधको घटना नभएर जातीय आधारमा भएको घटना भएको बताए । घटना भएपछि ईलाका प्रहरी कार्यालय मा सबै जना गएपनि घटनालाई समान्य रुपमा लिएर उनीहरुलाई केही घण्टामै छाडिएको नेपाली बताए । ‘मलाई निर्घात रुपमा कुटपिट गर्नेलाई जसरी पनि कारबाही हुनुपर्छ , कारबाही नभएर न्यायका लागि मुद्दा लड्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank