पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ : प्रचण्ड

दलित अनलाईन ११ श्रावण २०७५, शुक्रबार २०:४९

काठमाडौं, साउन ११ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न आग्रह गर्नुभएको छ ।  साथै प्रचण्डले सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने बताउनुभयो ।

शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै प्रकार षड्यन्त्रलाई चिर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।”

बैठकमा बिहीबार राती सरकार र डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank