म्याग्दीमा नेकपा एकीकृत समाजवादीको जनवर्गीय संगठन घोषणा

दलित अनलाईन १७ पुष २०७८, शनिबार २२:३८

म्याग्दी—म्याग्दीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सम्बद्ध ५ वटा जनवर्गीय संगठनको जिल्ला कमिटी घोषणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार बेनीमा जिल्ला भेला आयोजना गरि नेपाल दलित मुक्ति संगठन, नेपाल जनजाती महासंघ (समाजवादी), अनेरास्ववियु, समाजवादी प्रेस संगठन नेपाल र युवा संघ नेपाल गठन गरि घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा एसका पोलिट ब्यूरो सदस्य तथा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्मा, उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज कृष्ण नेपाली, एसका केन्द्रिय सदस्य मुना बानियाँ,प्रदेश कमिटी सदस्य बम बहादुर पाइजा एस म्याग्दीका अध्यक्ष कृष्ण विश्वकर्मा अनेरास्ववियु उप-महासचिव राजन शर्मा पराजुली अनेरास्ववियु स्थायी कमिटी सदस्य कल्पना सापकोटा लगायतले सम्बोध गरेका थिए।  कमिटी घोषणा गर्नुपुर्व बृहत र्याली सहित बेनिबजार परिक्रमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank