दलित समुदायबाट २२ जना केन्द्रीय कमिटीमा निर्वाचित हुने

दलित अनलाईन १७ पुष २०७८, शनिबार २२:०१

काठमाडौँ — माओवादी केन्द्रले क्लस्टरवाईज निर्वाचित हुने केन्द्रीय कमिटी सदस्यको संख्या सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार साँझ खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको संख्या सार्वजनिक गरेका हुन् ।
जसमा खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४५ खस आर्य निर्वाचित हुनेछन् । यसमा पुरुष १२, युवा पुरुष ३, महिला २४ र महिला युवा ६ जना रहनेछन् । त्यस्तै समानुपतिककै दलिततर्फ २२ जना निर्वाचित हुनेमा पुरुष ६, युवा पुरुष १ महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी मुस्लिमतर्फ ७ जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातीतर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् । यो सवै गर्दा खुलातर्फ १४५ र समावेशीतर्फ १५४ हुन्छ । सवै गर्दा माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने छ ।

माओवादीले विधान संशोधन गर्दै ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी समेटेर केन्द्रीय केन्द्रीय समिति बनाउने जनाएको छ । सवै पदमा सहमति नभए निर्वाचनका माध्यमबाट केन्द्रीय कमिटी छनोट हुनेछ ।​

दलितबाट २२ जना केन्द्रीय कमिटीमा

आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा समूहगत छलफलमा पदाधिकारीमा दलित अनिवार्य गर्नुपर्ने सुझाव उठिरहेको छ । महिला नेताहरूले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा समेत ३५ प्रतिशत महिला हुनुपर्ने आवाज उठाईरहदा समानुपातिक दलिततर्फ १५ प्रतिशत केन्द्रीय समितिमा पाउँने पक्का भएको छ । यो हिसावले हेर्दा २२ जना दलित नेताहरु समानुपातिकबाट निर्वाचित हुनेछन् । पुरुष –६ जना , पुरुष युवा –१ जना , महिला –१२ जना महिला युवा – ३ जना गरी २२ जना पुग्नेछन् ।

पदाधिकारीमा दलित अनिवार्य गर्नुपर्ने सुझाव पनि समूहगत छलफलमा आएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समितिका सदस्य पशुराम रम्तेलले बताए । ‘ हामीले पार्टीको केन्द्रिय कमिटीमा १५ प्रतिशत सुनिश्ति गरेका छौं, ‘पदाधिकारीमा एक जना दलित समुदायको उपस्थिति हुनुपर्छ भन्नेमा बहस गरेका छौं ।’

महाधिवेशन छलफलमा रहेको विधानमा महिला र दलित प्रतिनिधित्वको स्वरूप समावेशी चरित्रको हुने, न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा महिला वा दलित सदस्यहरूको स्थान खाली रहने व्यवस्था पनि भएकाले धेरै कुराबाट उपस्थिति बढाउन आफुँहरुले बन्दसत्रमा जोडदार रुपमा बहस गरेको नेता रम्तेलले बताए ।

लागि विधानमा मापदण्ड पुगेका २२ जना केन्द्रिय सदस्यका नौ जना पुराना अनुहारहरु देखिए पनि बाँकी १३ जनाका लागि २० भन्दा बढी आकांक्षी देखिएका छन् । उनीहरुले एक अर्कोलाई सहयोग गर्न लविङ सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank