एमाले १० औँ महाधिवेशन : पदाधिकारी सहित ४४ जनाको केन्द्रीय सदस्यमा दिने सम्भावित उम्मेदवारी

दलित अनलाईन ११ मंसिर २०७८, शनिबार २३:३७

काठमाडौं —नेकपा एमाले १०औं महाधिवेशनलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । यो महाधिवेशनलाई सबै हिसावले महत्वका साथ हेरिएको हो । महाधिवेशनले ३०१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । यो महाधिवेशनमा महिला र दलित समुदायको प्रतिनिधित्व अघिल्लो महाधिवेशनभन्दा घट्ने छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन खोजे पनि २९–३० प्रतिशत महिलाको प्रतिनिधित्व हुने सम्भावना छ ।

दलितहरूको संख्या पनि प्रतिधित्व यो पटक अघिल्लोभन्दा कम हुनेछ । दलित क्लष्टरबाट १२ जनाको प्रतिनिधित्व हुनेछ । तर १२ जना समुदायको प्रतिनिधित्व गरेर आउने पक्कापक्की भए पनि पार्टीभित्र योग्दान पुराउने पुराना अनुहारहरु भन्दा नयाँ अनुहारहरु बढी आकांक्षी देखिएका छन् । यी हुन् १० औ महाधिवेशनमा केन्द्रिय सदस्यहरुको सम्भावित उम्मेदारहरु

बोम बहादुर विश्वकर्मा, जगत सुनार, जितु गौतम, ईश्वरी रिजाल, पुरनसिंह दायल, सिताकुमारी सुन्दास, एकराज विश्वकर्मा, विमला विक, आशा विक, अखिलाल ओखेडा, खेम नेपाली, विमला विक, बिष्णुमाया विक, मैना अछामी, सिर्जना नेपाली, शिवमाया गोतामे, चन्द्र ब बिश्वकर्मा, हिक्मत विक, दानसिंह परियार, राजु नेपाली, तेज कुमार विक, खड्क बहादुर परियार, सोमनाथ पोर्तेल,जसमाया गजमेर, चन्द्र बहादुर गहतराज, प्रभु हजार पासवान, जितेन्द्र मान
नेपाली, निर्मला विक,जितेन्द्र पासवान, रामलखन हरिजन, तुलसी पासी, मनोहर पौडेल, श्यामलाल विक, बाबुराम विक नरपति लुहार, अनुभूति बम नेपाली, डीबी शासंकर, नरबहादुर विश्वकर्मा राम किसुन मण्डल लगायत केन्द्रीय सदस्यमा उम्मेदारी दिने सम्भवना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank