स्थापना दिवसका अवसरमा क्रियाशिल दलित पत्रकार संघ नेपालको वेवसाइट सार्वजनिक [ तस्बिरहरू]

दलित अनलाईन ३ मंसिर २०७८, शुक्रबार २२:५२

काठमाडौं— दलित समुदायका पत्रकारको छाता संगठन क्रियाशिल दलित पत्रकार संघ तीन वर्षमा प्रवेश गरेको छ । दलित समुदाय भित्रका पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका पत्रकारको छाता संस्थाका रुपमा रहेको संघ दुइ वर्ष अघि २०७६ साल मंसिर ३ गते स्थापना भएको थियो ।

संघले दुइ वर्ष पुरा गरेर तीन वर्षमा प्रवेश गरेको अवसरमा वेवसाइट पनि सार्वजनिक गरेको छ । www.aadjon.org डाेमेन रहेकाे वेवसाइट शुक्रबार एक कार्यक्रमका विच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्त रुपमा सुभारम्भ गरेका हुन् । वेवसाइटमा संस्थाले गरेका गतिविधि रहने संघका महासचिव विश्वास खड्काथोकीले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विश्वकर्माले संघलाई स्थापना दिवसको अवसरमा शुभकामना दिदैँ क्रियाशिल दलित पत्रकार संघ एक सक्रिय र निरन्तर पत्रकारिता गरिरहने पत्रकारको संस्था भएकाले आयोग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘क्रियाशिल दलित पत्रकार संघ एक सक्रिय दलित समुदायका पत्रकारको संस्था भएको मैले पाएको छु । त्यसैले आयोग सहकार्य गर्न आतुर छ ।’

काउन्सिलका अध्यक्ष बस्नेतले पनि संघलाई स्थापना दिवसका अवसरमा शुभकामना दिदैँ काउन्सिल संघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले भने, ‘काउन्सिल सञ्चारमाध्यमलाई नियमन गर्ने निकाय हो । तर पनि यसले विभिन्न खालका अनुसन्धानमुलक काममा सघाउने भएकाले यहाँहरु प्रस्ताव ल्याएर आउनुस । काउन्सिल सहयोग र सहकार्य गर्न तयार छ ।’

कार्यक्रममा लेखक तथा बरिष्ठ पत्रकार हिरा विश्वकर्माले नेपालमा दलित पत्रकारको अवस्था र यसको विकासका लागि चाल्नुपर्ने कदमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  राज्यको मुलधारबाट बञ्चितकरणमा परेका समुदायको आवाज उठाउने दलित समुदायको सञ्चारकर्मीहरुले आफ्ना-आफ्ना सञ्चारमाध्यमबाट दलित आन्दोलन र जातीय विभेदका घटनाहरुको खोज अनुसन्धान गर्न विश्वकर्मालेआग्रह गरे ।

कार्यक्रममा  बरिष्ठ पत्रकार बाबुराम विश्वकर्मा लगायतले स्थापना दिवसका अवसरमा संघलाई शुभकामना दिएका थिए ।

संघले स्थापनाको तीन वर्षमा सात वटै प्रदेशमा प्रदेश समिति र केहि जिल्लामा जिल्ला समिति पनि गठन गरिसकेको छ । संस्था स्थापना भएलगत्तै कोरोना महामारी फैलिएकाले केहि गतिविधि कम भए पनि अब संघले आफ्ना क्रियाकलाप संगठन बिस्तारलाई निरन्तरता दिने संघका अध्यक्ष पवित्रा सुनारले बताईन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank