
काठमाडौं — नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् ।
फागुन १२ देखि झापाबाट सुरु भएको अभियान रौतहट पुगेर स्थगित भएको हो। शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको छ।
Leave a Reply