समावेशीत सिद्धान्त कार्यान्वयन हुनुपर्छ : प्रदेश प्रमुख परशुराम खापुङ्ग

दलित अनलाईन ३ मंसिर २०७८, शुक्रबार १०:०८

विराटनगर— प्रदेश १ सरकारका नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्गसँग समावेशीताको सिद्धान्तलाई कार्यान्वयन गराउन जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितीको टोलीले माग गरेको छ ।

विहिबार प्रदेश प्रमुख परशुराम खापुङ्गलाई समावेशीताको सिद्धान्तलाई कार्यान्वयन गर्न गराउनुपर्ने भन्दै प्रदेश सरकारमा शिल्पी -दलितलाई मन्त्री र मातहतका सबै संरचनामा राजनीति नियुक्तमा समानुपातिक समावेशी नियुक्ति गराउनु पर्ने ध्यानाकर्षण पत्र बुझाउँदै माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा जसपाका केन्द्रिय नेता तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित पत्र बुझ्दै प्रमुख खापुङ्गले भने, ‘सही समयमा सही विषय बस्तु न्यायिक तरिकाले उठाएको छ, ध्यानाकर्षण पत्रमा भएको मागलाई सम्बोधन गर्न गराउन प्रतिबद्ध छु ।’

जसपा नेपाल अन्तरगत शिल्पी विशेष प्रदेश राष्ट्रिय (केन्द्र ) र शिल्पी विशेष समिति प्रदेश १ ले प्रदेश प्रमुख खापुङ्ग र सामाजिक विकास मन्त्री जयराम यादव लाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

विकास मन्त्री यादव जनता समाजवादी पार्टी नेपालका संसदीय दलका संयोजक रहेकाले दलको तर्फबाट प्रदेश १ सरकारमा पार्टीको नेतृत्व गर्दै सामाजिक विकास मन्त्री बनेका हुन ।
पार्टीको तर्फबाट नेतृत्व गरेकाले मन्त्री यादवलाई शिल्पी विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारमा अहिलेका लागि कम्तिमा १ जना शिल्पी – दलितको प्रतिनिधित्व गराईनु पर्ने ,प्रदेश १ का शिल्पी-दलितहरुको आर्थिक, सामाजिक, शैक्षिक– साँस्कृतिक, राजनैतिक अधिकार र विकासका लागि अधिकार सम्पन्न शिल्पी-दलित विकास समिति गठन गरिनु पर्ने, तथाकथित दलित समूदयलाई सम्मानजनक शिल्पी पहिचान स्थापित गर्न प्रदेश सरकारले महत्वका साथ कार्य अगाडि बढाउन पर्ने माग राखिएको छ ।

यस्तै प्रदेश १ मा भएका सवै प्रकारका जातीय छुवाछूत तथा विभेदका घटनामा संलग्न पीडकहरुलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने, शिल्पी समूदायका पेशा व्यवसायलाई प्रोत्साहन गर्दै सहजीकरण र व्यवस्थापन आधुनिकिकरण प्रवद्र्धन र बजारीकरण, शिल्पी समूदायका छोराछोरीलाई निःशुल्क उच्च शिक्षासम्म प्रदेश सरकारले पढाउने व्यवस्था मिलाउन पर्ने माग  राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank