राजशान्ति सुनार दम्पत्तीलाई उत्कृष्ट गीतकारको अवार्ड

दलित अनलाईन १३ कार्तिक २०७८, शनिबार २१:३५

काठमाडौं  – बेलायत निवासी समाजसेवी राजशान्ति सुनार दम्पत्तीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् ।

लमजुङमा जन्मिएका समाजसेवी एवं गीतकार राजकुमार सुनार र शान्ति सुनारले लेखेको गीत ‘जसलाई मैले’ले ‘नेशनल गण्डकी म्यूजिक अवार्ड-२०७८’ जितेको हो । सोही गीतका संगीतकार बिबी अनुरागीले उत्कृष्ट संगीतकार र एरेन्जरको अवार्ड प्राप्त गरेका छन् ।

पोखरामा हालै आयोजित ‘नेशनल गण्डकी म्यूजिक अवार्ड–२०७८’ समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले अनुरागीलाई अवार्ड हस्तान्तरण गरे । एकैपटक दुई अवार्ड प्राप्त गरेको उक्त गीत राजशान्तिको पहिलो सिर्जना हो । गीतले छोरी बुहारी दुबैबराबर हुन्, बुहारीलाई छोरी जस्तै ब्यवहार गर्न सक्नु पर्छ भन्ने सन्देश बोकेको राजकुमारले बताए । गीतले दाईजो प्रथालाई पनि समेटेको छ ।

उनीहरुले राजशान्ति फाउन्डेशन बेलायतमार्फत नेपाल र नेपालीका लागि सहयोग गर्दै आएका छन् । समाजसेवी स्वर्गीय बाबुको प्रेरणाले नै आफू समाजसेवामा सभर्पित भएको राजकुमारले बताए । अवार्ड जित्न सफल सुनार दम्पत्तिको गीतको म्यूजिक भिडियोसमेत बनाइएको छ जसको निर्माण राजशान्ति फाउन्डेशन बेलायतले गरेको हो । स्वरुपा रसाइलीको स्वर रहेको गीतमा उत्साह घिमिरे र गौरव पहारीको अभिनय छ । भिडियो निर्देशन समन अधिकारीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank