कोलाहलपूर्ण दृष्य देखेँपछि “क्वारेन्टाइन” उपन्यास जन्मिएको हो : पदम विश्वकर्मा

अनलाईन डेक्स १३ कार्तिक २०७८, शनिबार १८:४०

काठमाडौं  – महामारीको रापमा पिल्सिएको मानव जातिको दुःख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरिएको उपन्यास हो, “क्वारेन्टाइन” ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माद्धरा लेखिएको चौथो कृति “क्वारेन्टाइन” हो । “क्वारेन्टाइन” उपन्यासको भाषा सरल तर बोधगम्य छ । समग्रमा पुस्तक विश्व मानव जातिकै अन्तहीन संकटको जीवन्त दस्तावेज हो , भनेर प्रकाशक सांग्रिला बुक्सले जनाएको छ ।

दलित समुदायको कला र साहित्य सिर्जनाहरुको उठानीकरणका लागि ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’को स्थापना गरी पदम विश्वकर्माले दलित समुदायको साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लाग्ने विशिष्ट योगदान पुर्याएका साहित्यकारहरुलाई पुरस्कृत समेत गरेका छन् ।

लमजुङको धमिलीकुवा–३ स्थायी वतन भएका पदम विश्वकर्मा अमेरिकाको कोलोराडोमा बसोवास गर्छन् । विदेशको अति व्यस्त जीवनबाट बचेको समय नेपाली साहित्यको चिन्तन र मनन गर्ने नेपालीहरुमध्ये एक हुन् ।

महामारीको रापमा पिल्सिएको मानव जातिको दुःख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरिएको उपन्यास हो, “क्वारेन्टाइन” ।

त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका पदम विश्वकर्मा अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष हाल बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष हुन् ।

दुई वर्षदेखि विश्वभरि मानवजातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएको छ उपन्यासमा । कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटेको छ । उपन्यासमा आदर्श र यथार्थको फ्यूजन, आख्यान र गैरआख्यानको स्वाद रहको छ ।

 क्वारेन्टाइन´ उपन्यासमाथि छलफलपछि लेखक पदम विश्वकर्मासँग तस्वीर खिचाउँदै प्राध्यापक लक्ष्मी बराल सम्पूर्ण किताबमा ।

कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडा समेत उपन्यासमा समेटिएको छ ।

‘अस्पतालमा लाशको खातले लाश राख्ने ठाउँ थिएन, ती कोलाहलपूर्ण दृष्य देखेँ, त्यसपछि यो “क्वारेन्टाइन” उपन्यास जन्मिएको उपन्यासकार पदम विश्वकर्मा भन्छ्न ।

उपन्यासमा मौलिकपन रहेको र छ । उपन्यास पढ्दा ताजा रुपमा घटनाको स्मरण पक्कै हुन्छ । विश्वकर्माले पछिल्ला साहित्यिक कृतिहरूले अघिल्ला कृतिहरूभन्दा बलियो छ । संग्रिला प्रकाशनले प्रकाशित गरेको ‘क्वारेनटाइन’ १ सय ८४ पृष्ठ रहेको यो उपन्यासको बजार मूल्य ३ सय ५० रहेको छ ।

यसअघि साहित्यकार विश्वकर्माको दुई वटा कविता संग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ कविता संग्रह प्रकाशित भइसकेका छन् । ‘तमसुक’ कथासंग्रह पनि प्रकाशित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank