‘नेपालका रैथाने गन्धर्व सभ्यत’ पुस्तकमा डा. यामवहादुर किसानको टिप्पणी

अनलाईन डेक्स २४ आश्विन २०७८, आईतवार २१:४७

काठमाडौं –f नेपाल भौगोलिक रुपमा सानो देश भएता पनि भूगोल, जातजाति तथा भाषाभाषीको विशाल विविधता भएको देश हो । यसैको उदाहरण हो, १ सय २५ जात जाति तथा १२३ भाषाभाषीलाई लिन सकिन्छ । ती १२५ जातजाति मध्ये दलित भित्रका २६ जातहरु पनि पर्दछन् । नेपालका यस्तै जातजाति तथा भाषाभाषी तथा उनीहरुको संस्कृतिको अध्ययन, अनुसन्धान तथा त्यसको प्रवद्र्धन गर्नको लागि दर्जनौं सरकारी संस्थाहरु अस्तित्वमा छन् । त्यसमध्येको सवैभन्दा महत्वपूर्ण संस्था हो नेपाल प्रज्ञाप्रतिष्ठान । तर त्यसले दलित भित्रका जातहरुको भाषा, संस्कृति तथा पहिचानहरुको वारेमा खासै कुनै गहकिलो अध्ययन, अनुसन्धान तथा प्रकाशन गरेको छैन । कुनै वेला नेपाली संस्कृति तथा वाद्यवादनको अनुसन्धानकर्ताको रुपमा रामशरण दर्नाल थिए । तर उनको देहावशान पछि त्यो पनि त्यत्तिकै हराएको देखिन्छ । त्यो देखि वाहेक नेपालका रहेका २६ दलितका जातहरु मध्ये कुनै पनि जातको अध्ययन अनुसन्धान गर्ने कार्य अन्य सरकारी निकायवाट गरिएको जानकारी छैन । सामाजिक आधारमा दलितलाई छुवाछुत त गरिएकै थियो । सांस्कृतिक आधारमा पनि दलितका ती अमूल्य निधिहरुलाई समेत उपेक्षामा पारिएको थियो र छ ।
यसै परिप्रेक्ष्यमा जनसंख्याको हिसावले दलित समुदायमा अत्यन्त कम भएको मध्येको गन्धर्व समुदायको उत्पत्ती, विकास, इतिहास, संगीत तथा त्यसको सर्जकहरुको समेत जानकारी प्रदान गर्ने दलित समुदायकै अनुसन्धानकर्ता तथा लेखकहरुले वाहिर ल्याएका छन् । प्राज्ञिक भाषामा एकसय पृष्ठ भन्दा कम भएमा पुस्तिका, पाँच सय पृष्ठ सम्म भएमा पुस्तक र सो भन्दा माथि भएको पुस्तकलाई ग्रन्थ भनिदो रहेछ । अतः पुस्तकको रुपमा वाहिर नेपालका रैथाने गन्धर्व सभ्यता नामक पुस्तक गन्र्धव परियार तथा मिझार समुदायका युवाहरुले लामो समयको मेहनत पछि वाहिर ल्याएका छन् । यसै पुस्तक तथा एउटा प्रेम सम्वन्धि म्युजिक भिडियोको सार्वजनकीकरण कार्यक्रम नेपाली चलचित्र क्षेत्रका वरिष्ठ नायक शिव श्रेष्ठको प्रमुख आतिथ्यमा राजधानीमा सम्पन्न भएको थियो ।

सो पुस्तकको संक्षिप्त समीक्षा डा. यामवहादुर किसानले राखेका थिए । जुन यस प्रकार छ ।

नेपाली पुस्तक बजारमा भर्खरै ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ नामक पुस्तक थपिएको छ । डीबी दमाई, दिपक गन्धर्व  र गोविन्द सार्कीद्धारा लिखित र सारंगी फाउण्डेशन कीर्तिपुरबाट प्रकाशित यो पुस्तक १६ वटा खण्डमा विभक्त र जम्माजम्मी ४ सय ५३ पेजको रहेको छ ।

 

समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिबाट अध्ययन गरी लेखिएको यो पुूस्तक नेपालमा गन्धर्व जातको उत्पत्ति, इतिहास, बसोवास, भाषा, कला, सीप र नेपाली मौलिक बाद्यवादनको सम्बन्धमा लेखिएको अनुसन्धानात्मक पुस्तक हो ।
मूलत गण्डकी प्रदेशमा केन्द्रित रहेको  गन्धर्व जातको बसोबास देशका ७० वटा जिल्लामा छरिएको विषय यस पुस्तकमा समेटिएको छ । नेपाली मौलिक बाद्यवादन, मौलिक गीत, संगीत धुनका सर्जक आधुनिक कालको सञ्चारकर्मीका साथै राजनीतिक र सामाजिक जागरणको बाहक समेत मानिन्छन् । यस पुस्तकमा सारंगी र विभिन्न धुनहरुको सूत्र वा कोड र विभिन्न गीतहरुको उल्लेख गरिएको छ । नेपाली गीत संगीतको क्षेत्रमा योगदान गर्ने विभिन्न २५ जना –झलकमान देखि रुविन गन्र्धवसम्म) परिचय छ । तर पनि गन्र्धवहरु जातमा आधारित विभेद तथा छुवाछूत, शिक्षा, राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रुपमा पछाडि परेको र यसको कारण कुनै एकल जातमा आधारित राज्य प्रणाली, शासकीय प्रणाली र सामाजिक, साँस्कृतिक र धार्मिक प्रणाली भएको निश्कर्ष निकालिएको छ । पुस्तकमा गन्र्धवको विद्यमान समस्या र सामाधानका लागि सुझावहरु दिइएको छ । यस आधारमा पुस्तकका अनुसन्धाता तथा लेखकहरुलाई धन्यवाद दिनै पर्छ ।

 

पुस्तकले केही गम्भिर तथा ठूला विषयमा छलफल (डिस्कोर्ष) चलाउन खोजेका छ । जसमा गन्र्धव वा दलितको विभिन्न जातहरुको अलग सभ्यता, संस्कृति, भाषा, लिपी, पहिचान र अलग राज्यको अलग अस्तित्व रहेको र गन्र्धव पनि इतिहासको कुनै कालखण्डमा शासक रहेको उल्लेख छ । यसका साथै यो जातको प्रसंगलाई किराँत जनजाति, भारतीय गान्धार राज्य र त्यहाँका शासकहरुसँग जोडेर अलग जाति र राज्य भएको सन्दर्भ उल्लेख छ ।

यति हुँदाहुँदै पनि विश्वसनीयता, वैधता र प्राज्ञिकताको कसीमा हेर्दा केही सुधार गर्नुपर्ने विषयहरु भेटिएका छन् । यसमा मुलत अध्ययन विधि र सन्दर्भ स्रोतका व्यवस्थापनमा कम ध्यान पुगेको देखिन्छ । आधिकारिकताको लागि सन्दर्भ स्रोत खुलाउने र सम्बन्धित समुदायका व्यक्तिसँग पर्याप्त अन्तरवार्ता र छलफल हुनुपर्नेमा कम भएको देखिन्छ । यसका साथै लेखकहरु कतिपय विषयवस्तुमा अलि खुल्न नसकेको र कतिपय विषय आग्रह, आक्रोश र बढी पूर्वाग्रही भएको देखिन्छ । कतिपय खण्ड र अनुच्छेदहरु मौकामा आफूसँग पहिल्यैदेखि रहे भएका विषयहरु पनि घुसाइदिउँ न त भनेर घुसाइएको अनुभूत हुन्छ । प्रकाशनपुर्व कुनै विषय विज्ञवाट पुनरावलोकन नगरी लेखकहरुको कम्प्युटरबाट सिधै प्रेसमा पठाउने आम नेपालीलेखनको समस्याबाट यो पुस्तक पनि मुक्त हुन सकेको छैन ।

 


पुस्तकले केही गम्भिर तथा ठूला विषयमा छलफल (डिस्कोर्ष) चलाउन खोजेका छ । जसमा गन्र्धव वा दलितको विभिन्न जातहरुको अलग सभ्यता, संस्कृति, भाषा, लिपी, पहिचान र अलग राज्यको अलग अस्तित्व रहेको र गन्र्धव पनि इतिहासको कुनै कालखण्डमा शासक रहेको उल्लेख छ । यसका साथै यो जातको प्रसंगलाई किराँत जनजाति, भारतीय गान्धार राज्य र त्यहाँका शासकहरुसँग जोडेर अलग जाति र राज्य भएको सन्दर्भ उल्लेख छ । महाभारतका सन्दर्भहरु प्रसस्तै लिइएको छ तर त्यसको आधिकारिकता र प्रमाणिकतामा ध्यान कम पुगेको देखिन्छ । पुूस्तकका धेरै पानाहरु र अनुच्छेदहरु इतिहास र पृष्ठभूमिका लागि खर्च गरिएको छ भने कतिपय खण्ड (खण्ड ५) अन्य कतिपय खण्डहरुमा पनि इतिहास, धर्मशास्त्र र नेपालका अन्य जनजातिका अप्रासंगिक पृष्ठभूमि बढी समेटिएका छन् । यसले मूल विषयलाई थोरै छायामा पारेको र दिग्भ्रमित भएको देखिन्छ र अलि मोटो पनि भएको छ ।
यति हुँदाहुँदै पनि समग्रमा यो पुस्तक पठनीय छ । तथा यस विषयमा चासो राख्ने र थप अनुसन्धान गर्न चाहने व्यक्तिहरुका लागि संकलनीय छ । यसका लेखक त्रय तथा प्रकाशकलाई फेरि पनि धन्यवाद । यस्तै खालका प्रयासहरु दलित भित्रका अन्य जातका विद्धानहरुले पनि गर्न जरुरी छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank