सर्लाहीमा श्राद्ध खान गएका दुई दलित युवामाथि गरियो विभेद

दलित अनलाईन ६ श्रावण २०७५, आईतवार २२:२६

सर्लाही- गोडेता नगरपालिका ९ बकैनियाका १६ वर्षीय रन्जित कुमार राम र १९ वर्षीय सरोज कुमार महरा माथि जातीय आधारमा विभेद तथा छुवाछूत गरी दुव्र्यहार भएको छ ।
रन्जितकुमार राम र सरोजकुमार महराले दलित अनलाइनसँग कुराकानी गर्दै आफुहरुमाथि विभेद गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दर्ता भइसकेको बताउनुभएको हो ।
साउन ३ गते स्थानीय शिवपुजन रायको निमन्त्रणामा श्राद्को भोज खान जाँदा आफुहरुमाथि स्थानीय व्यक्ति रघु रायको छोरा ५० वर्षीय शुभलाल राय , हल्खोरी रायको छोरा ४५ वर्र्षीय अजोधी राय र भग्लु रायको छोरा ५५ वर्षीय को चन्द्रेश्वर रायले चमार भएर यहाँ आएर किन बसेको भन्दै नबस्न धम्की दिएका सरोजकुमार महराले बताउनुभयो । ‘हामी श्राद्को भोजमा मात्रै के बसेका थियौं, तिमीहरुबाट सबै चीज छोइन्छ भन्दै गाली गर्दै धपाए । ’
आफुहरुमाथि जातीय आधारमा विभेद भएको भन्दै घटना भएको भोलीपल्टै अर्थात साउन ४ गते आफ्नो मानव अधिकार हनन भएको र सामाजिक प्रतिष्ठामा ठुलो आँच लागेकोले न्याय दिलाउनका लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र मानव अधिकार रक्षक संजाल सहयोग जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको रन्जित कुमार रामले बताउनुभयो । ‘हामीमाथि अन्याय भएको भन्दै , उजुरीमा सहयोग गर्नु भयो । ’
पीडकहरु शुभलाल राय , अजोधी राय र चन्द्रेश्वर रायहरुलाई जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाहीको लागी जाहेरी दर्ता गरेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाहीका अध्यक्ष राजेश पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पहल पनि न्याय दिलाउनु हो । ’

डिएसपी भन्नुहुन्छ
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी पुरुषोत्तम पाण्डेले जातीय विभेद गर्नेहरुमाथि जाहेरी दर्ता भएपछि आफुले तत्कालै पीडकलाई पक्राउ गर्ने आदेश गरेको र कानुनी दायरामा लिइ अनुसन्धानपछि कारवाही गर्ने बताउनुभयो । ‘घटना दर्ता भएपछि मैले तत्कालै पीडकलाई पक्राउ गर्ने जिम्मा दिएको छु, घटनाको अनुसन्धानपछि मैले कारबाही गर्छु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank