ग्राण्ड फिनालेमा प्रवेश गरेका किरण गजमेर को हुन् ?

दलित अनलाईन १६ श्रावण २०७८, शनिबार २०:०९

काठमाडौं– द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधा समेत छ । आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

ग्राण्ड फिनालेमा प्रवेश गरेका किरण गजमेर को हुन् ?

गायन रियालिटी शो ’द भोइस अफ नेपाल’मा आफ्नो गायिकीमार्फत् धेरैको मन जित्न सफल गायक किरण गजमेर नेपालीमूलका भुटानी शरणाथी हुन् । पिता पुर्खाहरु नेपालबाट बसाइसराईको क्रममा भुटान पुगेका थिए । केही वर्ष अगाडि भुटान सरकारले देश निकाला गरेपछि खुदुनाबारी भुटानी शरर्णाथि सिविर झापामा बसोबास गर्थे।

अमेरिकी सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप आफ्नो देशमा बसोबास गर्न भुटानी शरणार्थी लैजाने अनुमति दिएपछि १० वर्षअघि सन् २०११ मा सपरिवार अमेरिका गएका थिए ।
किरणका बा, हजुरबा हजुरआमा भने सन् १९९३ मा नेपाल आएका थिए, भुटानी शरणार्थी बनेर । शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भयो । किरण यतै जन्मिए । बुबा कृष्ण र आमा राधिका गजमेरका पहिलो सन्तानको रुपमा २०५४ साल जन्मिएका किरण सानै देखि गीत संगीत, नाटकमा रुचि रख्ने गर्थे । किरण सानै देखि सांस्कृति कार्यक्रमतिर गीत गाउने नाटक प्रस्तुत गर्ने गर्थे।

किरण अमेरिका पुगेपछि महसुस गरे, धेरैले नेपाली भाषा विसिँदै छन् । संस्कृति, पोसाक बिर्सँदैछन् । उनीहरू आफ्नो पहिचानप्रति चासो राख्दैनन् । यसैले पनि आफूलाई नेपाली संगीतले तानिरहने बताउँछन् उनी । भन्छन्, ‘मेरो उमेरका धेरै साथीहरूले नेपाली भाषा बिर्सिसकेका छन् । पछि आउने पुस्ताले त झनै बिर्सनेछ । त्यसैले, संगीतको माध्यमबाट आफूले सकेको कोसिस गरूँ, भाषा, संस्कृतिबारे अवगत गराऊँ भनेर संगीतमा लागेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank