पैंयूथन्थापका ११ घर पहिरो पीडितहरुलाई समाजसेवी लक्ष्मण श्रीबाट सहयोग

दलित अनलाईन २८ श्रावण २०७७, बुधबार १८:१९

बागलुङ— बाढी पहिरोको कारण जोखिममा परेका जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ११ घर परिवारलाई समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले सहयोग गरेका छन् ।
मंगलबार आफ्नो जन्मगाउँका पहिरो पीडितको घर–घरमै पुगेर उनले राहत स्वरुप खाद्यान्न उपलव्ध गराएका हुन् ।
पहिरोका कारण प्रभावित बनेका पैञ्युथन्थापको पिप्लेका ८ परिवार र ध्यूरका ३ परिवारका लागि प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ पोका तेल, २ पोका सोयाविन मस्यौरा र अन्य खाद्य सामग्री उपलव्ध गराएको श्रीले बताए । पहिरोले घरगोठ पुरिएका पिप्लेका टिकाराम शर्मालाई मोबाईल सेट र सिमसमेत श्रीले उपलव्ध गराएका छन् ।
घरगोठ पहिरोले बगाउँदा शर्माको घरमा रहेका खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री पुरिएका थिए । आफ्नो जन्मभूमिमा बाढी र पहिरोका कारण परेको असरले प्रभावितहरुलाई राहत पुगोस् भनेर ४० हजार बराबरको खाद्यान्न उपलव्ध गराएको उनले श्रीले जानकारी दिए ।

 


राहत वितरण कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य लाल बहादुर परियार तथा पीडितको तर्फबाट दुर्गा प्रसाद शर्माल संकटका समयमा सबैको सहयोग आवश्यक हुने भन्दै विपत् परेका बेलामा श्री परिवारले सहयोग प्रदान गरेकोमा धन्यवाद दिए ।
टिका श्रीको अध्यक्षता, बिष्णु परियार र वडा सचिव डिलबहादुर थापाले सामाजिक न्यायका लागि लक्ष्मण श्रीले खेलेको भूमिको चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank