´दलित युथ फोर्स` निर्माण [तस्बिरहरु]

दलित अनलाईन ९ श्रावण २०७८, शनिबार ००:११

काठमाडौं— राष्ट्रिय दलित मुक्ति जागरण अभियानको युवा संगठन ´दलित युथ फोर्स`(दलित जागरण युवा दस्ता) निर्माण भएको छ ।

खड्क नगरपालिकाको नगर सम्मेलनबाट राष्ट्रिय दलित मुक्ति जागरण अभियानले नगरस्तरीय ´दलित युथ फोर्सञ निर्माण गरेको हो ।

नगर र वाडा स्तरदेखिनै निर्माणको सुरुवात भएको ´दलित युथ फोर्स`( दलित जागरण युवा दस्ता ) अभियानस्वरुप सबै जिल्लामा विस्तार हुने छ । ´दलित युथ फोर्स`ले दलित समुदायमाथिको हजारै वर्षदेखि थोपरिएको विभेदको पर्खाल भत्काउन र अबको परिवर्तन, मुक्ति र अधिकारको लडाईमा उभिनेछ । दलित समुदायमाथि हुने सबै जातीय हिंस्रक र जातीय विभेदका घटनालाई अन्त्यका लागि समेत यो ´दलित युथ फोर्स`ले काम गर्ने छ ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियानले सप्तरी खड्क नगरपालिकाको नगर सम्मेलनबाट सर्वसम्मत ढंगले नेतृत्व चयन गदै दस्ता घोषण गरेको हो ।

नगर अध्यक्षमा गंगा सदा, उपाध्यक्षमा राधा पासवान, विजली मण्डल, सचिवमा चन्द्रनारायण राम, सहसचिवमा हरेराम मण्डल, सदस्यहरुमा ११ वटा वाडाका वाडा अध्यक्ष र विभिन्न क्षेत्रका अनुभव प्राप्त दलित नेतृत्वहरु गरी ५१ सदस्यीय नगर कमिटी गठन भएको सप्तरी जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिए ।

सप्तरीको खड्क नगरपालिका कल्याणपुर बजारमा रहेको प्रावि स्कूलको प्रांगणमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका पूर्वीसंयोजक राजेश विद्रोहीले गरेका थिए भने विशिष्ट अतिथि सप्तरी जिल्लाका संयोजक प्रथमलाल रामले गरेका थिए ।
विद्रोहीले दलित माथिको विभेद प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पशुवत ढंगले जकरीदै गएकोले अबको परिवर्तन, मुक्ति र अधिकारको आन्दोलन दलित समुदायले नै गर्ने र त्यसको नेतृत्व पनि दलित समुदायकै हुने वातावरण बन्दै गएको बताए ।

हजारौं वर्षदेखि विभेदमा पारिएका दलितहरूलाए एक हुन आह्वान समेत गरेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरुले पनि जागरण अभियान सम्बन्धि सबैले आफ्नो धारणा राखेका थिए भने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

जागरण अभियानको पूर्वी र पश्चिम गरी दुईवटा केन्द्रीय संयोजक छ । पश्चिम संयोजक खगेन्द्र सुनार छ । यो जागरण अभियानले यसअघि पनि हजारौं दलितहरूको उपस्थितिमा सप्तरी , दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाडौ लगायतका ठाउँमा ठूलाठूला कार्यक्रमहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank