कुटपिटबाट मनोरोगी बनेकी दलित महिलालाई सहयोग जुट्दै

दलित अनलाईन २१ असार २०७८, सोमबार १६:३५

धरान— छिमेकीको कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी मोरङ कानेपोखरी गाउँपालिका ५ की दलित महिलाको उपचारमा सहयोग जुटन थालेको छ । धरान स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएर उपचार गराइरहेकी २५ वर्षीय शोभा दर्जीलाई पुर्वमन्त्री मीन विश्वकर्माले आइतवार नगद १० हजार हस्तान्तरण गरेका छन ।
विराटनगर स्थित रिडेफ नेपालको समन्वयमा काठमाण्डौको समता फाउन्डेसनले उपलब्ध गराएको उक्त्त रकम पुर्व मन्त्री तथा दलित अगुवा  विश्वकर्माले आइतवार अस्पताललमै पुगेर विरामी शोभाका श्रीमान उमेश तामाङलाई हस्तान्तरण गरेका हुन ।

आइतवार पुर्वमन्त्रीविश्वकर्मा सहितदलित गैरसरकारी सस्था महासंघका केन्द्रिय उपाध्यक्ष डिबी शाहसंकर , रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा , दलित मुक्त्ति मोर्चा मोरङ अध्यक्ष कपिल सुनार र समता फाउण्डेसनका अधिकृत तिरुपति परियारले अस्पतालमा उपचाररत शोभाको स्वास्थ्यअवस्था बारे बुझेपछि प्रभावकारी र निशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

छिमेकीको कुटपिटबाट मनोरोगी बनेकी खोलामा गिट्टी कुटेर जिविका चलाउने परिवारकी भएको र उनको उपचारमा आर्थिक समस्या परेको थाहा पाएपछि अन्य मनकारीहरुले पनि सहयोग गर्न थालेका छन ।

प्रदेश १ सभाकी सांसद उमिता बराइलीले पनि शोभाको उपचारकाल लागि १८ हजार रुपैया सहयोग संकलन गरेर प्रदान गरेकी छन । यसैगरि दलित महिला सञ्जाल धरान र अन्य मनकारी दाताहरुले पनि सकेको सहयोग गरेका छन । यसैगरि दलित अधिकारकर्मीहरुले पनि उनको उपचारका लागि स्वच्छिक सहयोग जुटाएर प्रदानगर्न लागेको अधिकारकर्मी दुर्गा परियारले बताइन ।

मोबाइलको सिम चोरेको आरोपमा छिमेकीमहिलाहरुले जातिय गालीगलौज सहित कुटपिट गरेकी शोभा कडा खाले मनोरोगी बनेकी छन । अझै उनलाई हप्तामा इलेक्ट्रिक शक लगाएर अनि वेला बेला बाँधेर उपचार गर्नुपर्ने बाध्यता छ ।

१ जेठमा कुटपिटबाट घाइते भएछि मनोरोगी बन्नपुगेकी शोभाको आर्थिक अभावले गर्दा उपचार हुनपाएको थिए । मनकारीहरुको सहयोगले असार पहिलो हप्ता मात्र उनलाई उपचारका लागि भर्ना गरिएको थियो । शोभालाई कुटपिट गर्नेहरु दुई जनामहिलालाई पक्राउ गरेर प्रहरीे कानुनीकार्वाही अगाडी बढाएको छ । दुई जनाअझै फरार छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank