मन्त्री चौधरीको थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसँग छलफल

दलित अनलाइन असार १८, २०८३

काठमाडौं —  कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसँग भेटघाट तथा छलफल गरेेकी छन्। थाइल्याण्डस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले नेपाली समुदायसँग विभिन्न विषयमा संवाद गरेकी हुन्।

भेटका क्रममा कृषि, वन लगायतका क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। नेपालमा रहेका सम्भावना, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता विकास तथा सीप आदान–प्रदानका विषयमा नेपाली समुदायले आफ्ना धारणा राखेका थिए।

छलफलका क्रममा कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षित गर्ने उपाय तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्न सकिने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।

मन्त्री चौधरीले प्राप्त सुझावहरूलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस अवसरमा नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि तथा अनुभवको आदान–प्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र दिगो बनाउने विषयमा समेत जोड दिइएको थियो। छलफल कार्यक्रममा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank