भविष्य लुटिइएकी आंकाक्षा विश्वकर्माको पिडा

दलित अनलाईन २ श्रावण २०७५, बुधबार २३:३९

सानै उमेरमा आमाको माया पाउन सकिनन् , आकांक्षा विश्वकर्मा (नाम परिर्वतन ) । उनी यसै पनि सानै बालिका थिइन् १३ वर्षीय । उनी मुनिका ९ वर्षीय वहिनी कमला र ६ वर्षीय भाइ रवि झनै बालक । आमाको भन्दा दोब्बर उमेरले जेठा आकांक्षाका बाबुलाई आमाले छाडि अन्तै विवाह गरेर गएपछि आमा विना नै कष्टपूर्ण जीवन निर्वाह गदै आइरहेका थिए, आंकाक्षा विश्वकर्माका तीन जनाले । तर असार २० गते राती आंकक्षा जीवनमा झनै बज्रपात आइलाग्यो ।
भूकम्पले घर लडायो , भूकम्प पछिको अस्थायी टहरो जस्ताले छाएको छ । दिउँसो घामले पोलेर बस्न नसकिने गतिलो ढोका छैन । ढोकाको नाममा निगालोको चित्राको ढोका छ । त्यस प्रकारको ढोकाले घर भित्रको केहि कुराको सुरक्षा छैन । घरमा नवसेर पनि सुख छैन ,घर वनाउने सुरसार अहिले सम्म छैन । घरको यहि पिडा वोकेर बस्छन दोलखा जिल्लाको शैलुङगाउंपालिका वडा नं. ७ फस्कु मेलडांडा की १३ वर्षिय आकांक्षा विश्वकर्मा र निजको ९ वर्षिय वहिनी र ६ वर्षिय भाई । बुबा आमाको उमेर करिव २५ वर्षको फरक छ । २ छोरी र १ छोराको जन्म भए पश्चात आमाले अर्काे विवाह गरेर ती ससाना छोराछोरीलाई छोडेर बेपत्ता भइन् । करिव ६५ वर्षका बुबा संधै जाँड रक्सीमा डुवेर वरालिएर हिंड्ने गर्दथे । कोही बेला त घरमा आएर छोरा छोरीलाई खाने कुराको जोहो गरी दिन्थे । तर बुबाले ल्याई दिएको अन्नपातले मात्र घर चल्न सक्दैनथ्यो । दिनहरु दुखले वितिरहेको थियो । त्यहि झुपडीमा दुःखका साथ उनीहरुको भविष्य फुलिरहेको थियो ।
आकांक्षा घर नजिकै रहेको श्री कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । घरमा रहेका भाई वहिनीलाई खाना पकाउने, ख्वाउने घरका सम्पुर्ण धन्दा गर्ने र विद्यालय विदा भएको र अन्य मौका पारी दैनिक ज्यालादारी मजदुरी गर्न जान्थिन् । उनीलाई सानै उमेर देखिनै भाई बहिनीको अभिभावकत्व उनी माथी आई लागेको छ । उमेर वच्चा नै भए पनि घरायसी व्यवहारले उनलाई परिपक्व वनाउदै लगेको थियो ।

कोही बेला त घरमा आएर छोरा छोरीलाई खाने कुराको जोहो गरी दिन्थे । तर बुबाले ल्याई दिएको अन्नपातले मात्र घर चल्न सक्दैनथ्यो । दिनहरु दुखले वितिरहेको थियो । त्यहि झुपडीमा दुःखका साथ उनीहरुको भविष्य फुलिरहेको थियो ।

२०७५ असार २० गते संधै झै आकांक्षा दिनभरी अर्काको काम गरी बेलुका भाई बहिनीलाई खाना पकाएर खुवाई कटेरोमा सुतिन । दिन भरीको कामको थकानले एकै छिनमा सबै परिवार सुते तर त्यस दिनको रात आकांक्षाको जीवनमा अप्रत्यासित घटना घट्यो । मध्यरातको १२ वजेको हुंदो हो आफु सुतेको ओछ्यानमा अपरिचित लोग्ने मान्छे आएर नाङगै सुति रहेको थियो । आफुले लगाएको सुरुवाल खोलिएको थियो, हातले गालामा सुम्सुम्याउथ्यो घांटीमा जिब्रोले चाटी रहेको थियो । आकांक्षा अत्तालिएर कराइन र उनी कराउदा उक्त पुरुष व्यक्तिले उनको मुख थुनेर चिच्याउन वाट रोक्न खोज्यो । आकांक्षा चिच्याईन र वरिपरीका छिमेकीहरुले थाहा पाए । के भयो भनी छरछिमेकीहरु उनको घरमा आउदा उनको घर नजिकै घर भएका अशोक बुढाथोकीले आकांक्षालाई जवरजस्ती उनको अस्मिता लुट्ने प्रयास गर्दे थियो । अशोक बुढाथोकी उमेरले ३३ वर्ष पुगेको थियो । उ अविवाहित थियो । आफ्नो यौन प्यास मेटाउन अभिभावक विहीन बालिका आकांक्षा विश्वकर्मा लाई जवरजस्ती करणीको प्रयास ग¥यो । गाउँले, छर छिमेकले थाहा पाए पछि हतारमा पाईन्ट लगाएर हातमा जुत्ता वोकी घर बाहिरको मकैवारी बाट फरार भयो । उसले सोचेको कुकर्म गर्न पाउन अपराधीको अपराध मनसाय वाट आकांक्षा बच्न पुगिन् ।

मध्यरातको १२ वजेको हुंदो हो आफु सुतेको ओछ्यानमा अपरिचित लोग्ने मान्छे आएर नाङगै सुति रहेको थियो । आफुले लगाएको सुरुवाल खोलिएको थियो, हातले गालामा सुम्सुम्याउथ्यो घांटीमा जिब्रोले चाटी रहेको थियो । 

मिति २०७५ असार २१ गते विहान उक्त घटनाको सम्वन्धमा वडाध्यक्ष धावा वाङगेल लामा लाई घटनाको वारेमा वताइन् । असारे विकासको चटारोमा रहेका वडाध्यक्ष लामाले पिडित वालिकाको कुरालाई महत्व दिएनन् । बालिका न्यायको खोजीमा चरिकोट आइन् । चरिकोट आए पश्चात आकांक्षाको आफन्त मार्फत दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण भयो । पिडित वालिकाको बुबा राम बहादुर विश्वकर्मा छोरीको कानूनी उपचारको लागी सदरमुकाम आउनु भएन । पिडितको तर्फवाट मिति २०७५÷३÷२४ गते दलित अधिकारकर्मीले जवरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएका छन् । पिडित बालिका आकांक्षा विश्वकर्मा आवाज नेपालको संरक्षणमा रहेकीमा हाल काभ्रेपलाञ्चोक जिल्लाको पनौती स्थित वालवालिका सेवा केन्द्रमा आस्रित रहेकी छन् । आरोपित अशोक बुढाथोकी हाल सम्म पनि फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank