केपी ओली बयलगाडामै हुनुहुन्छ : प्रचण्ड

दलित अनलाईन पुस १४, २०७७

सिद्धान्त बयलगाडाको सिद्धान्त हो

 

काठमाडौं—  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् ।

आज दाहाल–नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले कलंकको टिका लगाएको पनि गम्भीर आरोप लगाए । उनले भने,‘तर, उहाँले संविधानको बलात्कार गरें, मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन् ।’ उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले सम्बोधनको सुरुमा भनेका छन्,‘हामी छोटो समयमा यत्तिका धेरै विरोधसभा र प्रदर्शनमा उत्रिएका छौं । आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीलाई सम्बोधन गरिरहेका छौं । संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध विश्वभरिका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छौं । यो लडाई सबैको लडाई हो ।’ नेपाली जनताले ७० वर्ष लामो समय लगाएर कहिले जनयुद्ध र कहिले जनआन्दोलन गरेर संविधानसभाद्धारा संविधान बनायएको स्मरण गराउँदै उनले ओलीले संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे ।

उनले अघि थपे,‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान भयो । रगत र बलिदान दिएर हाँसिल गरेको परीणाम हो–यो संविधान । अब कम्युनिष्टहरुलाई मत दिएपछि राजनीतिक व्यवस्था स्थायी हुनेछ । नयाँ युगको प्रारम्भ हुनेछ भनेर नेपाली जनताले हामीमाथि भरोसा दिएका थिए । तीन वर्ष बित्दा नबित्दै, हामीले बनाएको र अघि सारेको प्रधानमन्त्रीबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर उभिएर बोल्दै गर्दा वस्ततः थोरै क्षमायाचन गर्न चाहन्छु । मैले नै वाम गठबन्धनको प्रस्ताव लिएर ओलीकहाँ गएको हो । मलाई थाहा थियो–उहाँको बयलगाडाको सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद र संघीयताको विरोध हो । धर्मनिरपेक्षता विरोधी हो भन्नेपनि मलाई थाहा थियो–अब आँधी आयो, हुरी आयो मैले पनि मान्दिएँ भन्नुभएकोले विश्वास गरेको हो, तर उहाँको मनले चाहीँ मान्नुभएको थिएन । उहाँ बयलगाढामै हुनुहुन्छ । प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले सच्चिए होला भन्नठान्यौं तर कहीँ कहीँ मलाई थोरै अप्ठ्यारो महशुस भयो । हामीले बुझ्न सकेनौं । यति छिटो संविधानमाथि निर्मम प्रहार भयो । कसैले पनि हामीले सपनामा पनि सोचेका थिएनौं । कम्युनिष्ट पार्टी भनेको विचार र विधिबाट चल्ने पार्टी हो । तर, ओली विचारबाट स्खलित भैसकेको व्यक्ति हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank