स्थानीय निकाय हाँक्ने बाँकेका दुई दलित महिला

दलित अनलाईन ३० असार २०७५, शनिबार २१:४७

नेपालगन्ज—एक वर्ष अघि २०७४ असार १४ गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट बैजनाथ गाउँपालिकाबाट उपप्रमुखमा शारदा विश्वकर्मा र खजुरा गाउँपालिकाबाट एकमाया विक विजयी हुनुभयो । स्थानीय तह प्रमुख पदमा दलित महिला र दलित पुरुष विजयी छैनन् तर जिल्लामा ८ स्थानीय तहमा उपप्रमुखमा जित्ने दुई दलित महिलामा शारदा र एकमाया रहनुभएको हो ।
जिल्लामा दुई दलित महिला उपप्रमुख हाँक्ने पदमा विजयी हुनुन्छ । दुवै उपप्रमुखमा विजेताको जीवन सघर्षशील र चुनौतीपूर्ण छ । तर दुवैले उपप्रमुख जस्तो पदमा चुनौती चिर्दै स्थानीय तहको न्यायिक प्रमुख पद सम्माहल्ने अवसर पाउनु भएकाे हो । बैजनाथ गाउँपालिकाबाट विजयी शारदा विश्वकर्माको जीवन संघर्षशील र कथा जस्तो छ । तर उहाँ विगतको संघर्षबाट आज उपप्रमुख जस्तो गरिमामय पद जित्नु भयो । बनकटुवाका नन्द विकसँग अन्तरजातीय विवाह गरनुभएकी शारदाको थर रेग्मी हो । अन्तरजातीय विवाह गरेर समुदायमा एक असल महिला र परिवर्तनशील महिलाका रुपमा परिचित उहाँ गाउँपालिकामा जित्दै जिल्लामा उपप्रमुख जित्ने दुई दलित महिलाभित्र पर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विवाहपछि पछि समुदायमा धेरै संघर्ष र लडाई गरे, अहिले चुनाव जितेर आए, अझै जनताको लागि धेरै काम गर्नुछ ।’
उपप्रमुख जितेपछि झनै जिम्मेवारी बढेको र चुनावी प्रतिबद्धता पूरा गर्ने काम गरेर देखाउने बताउनुभयो । ‘पाँच बर्षको कार्यकालमा प्रतिबद्धता अनुसार विकास, निर्माण, खानेपानी, सडक बाटोका काम गर्छु ,’उहाँले भन्नुभयो ।

बैजनाथ गाउँपालिकाबाट विजयी शारदा विश्वकर्माको जीवन संघर्षशील र कथा जस्तो छ । उहाँ भन्नुहुन्छ, ‘विवाहपछि पछि समुदायमा धेरै संघर्ष र लडाई गरे, अहिले चुनाव जितेर आए, अझै जनताको लागि धेरै काम गर्नुछ ।’

प्रमुख पद भनेकै न्यायीयक निकाय भएकाले आफ्नो कार्यकालमा महिला हिँसा, घरेलु हिँसा, जातीय विभेदका घटनाका अदालत धाउन नपर्ने र गरिव, असाहय महिलाका लागि छिटो छिटो न्याय दिलाउन लाग्ने उहाँले बताउनुभयो । शारदा नेकपा एमालेबाट उपप्रमुखमा विजयी हुनुभएको हो । उहाँ यसअघि दुई कार्यकाल पार्टीको जिल्ला कमिटि सदस्य र अहिले नेपाल उत्पीडित जातीय मुक्ति समाजको अनुशासन आयेगको केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँ सानै छदा गाउँमा गरिने जातीय विभेदले सानैदेखि मन छुने र विद्रोही भावना हुनुन्थ्यो । बर्दियामा कक्षा १० मा पढ्दापढ्दै उहाँले बर्दियाकै नन्द विश्वकर्मासँग प्रेम विवाह गर्नुभएको थियो ।
उपप्रमुख, खजुरा गाउँपालिकाबाट एमालेबाटै उपप्रमुख जित्नु भएकी अर्की दलित महिला एकमाया विकको कहानी र संघर्ष पनि उदाहरणीय नै छन । सशस्त्र १० बर्षीय द्धन्द्धकालमा नेपाली सुरक्षाकर्मीमा जागिरे रहेका पति गुमाउनुभयो । पति गुमाएपछि घर, समुदाय र गाउँबाट संघर्ष गर्दै एकल तथा द्धन्द्धपीडित महिलाको अगुवाईसँगै वकालत गर्दै आउनुभएकी एकमाया त्यसपछि मात्र राजनीतिमा उदायउनु भएको हो । समग्र खजुरा गाउँपालिकाको विकास गर्ने सोच र लक्ष्य अनुरुप रणनीति अनुसार काम काम गदै हुनुहुन्छ । महिला, बालबालिका र दलित समुदायका लागि मेरो विशेष जोड हुने उहाँ भन्नुहुन्छ ,‘ पदीय जिम्मेवारी र संविधानले दिएका अधिकारको सदुपयोग गर्दै महिलाका लागि निःशूल्क स्वास्थ्य शिविर, महिला, दलितको आरक्षण र शिक्षाको जोड दिन्छु ,’उहाँले भन्नुभयो ।

सशस्त्र १० बर्षीय द्धन्द्धकालमा नेपाली सुरक्षाकर्मीमा जागिरे रहेका पति गुमाउनुभयो । पति गुमाएपछि घर, समुदाय र गाउँबाट संघर्ष गर्दै एकल तथा द्धन्द्धपीडित महिलाको अगुवाईसँगै वकालत गर्दै आउनुभएकी एकमाया त्यसपछि मात्र राजनीतिमा उदायउनु भएको हो ।

 

दलित बालबालिका लागि निशुल्क शिक्षा, अनिवार्य शिक्षामा जोड दिने उहाँले बताउनुभयो । बाँकेमा पहिलोपल्ट राज्य र विद्रोही माओवादीबाट पीडित एकल महिलालाई एकै ठाउँ ल्याउने अभियान सुरु गर्नुभएकी एकमायाले अहिले दलित महिलाबाट उपप्रमखुख हाक्ने पदको जिम्मावारी पाउनुभएको छ । खजुरा र बैजनाथ गाउँपालिकाबाट उपमेयरमा विजयी दुवै दलित महिला नेतृ शारदा र एकमाया एक्ला दलित नेतृत्वकर्ता हुनुहुन्छ । जीवन कालमा समुदाय र घरपरिवारबाटै संघर्ष थालेका उहाँहरुले स्थानीय तहमा उदाहरणीय काम गर्ने धेरैको अपेक्षा समेत रहेको छ । खासगरि दलित समुदाय, महिला, द्धन्द्धपिडित, एकल महिलाहरुले उहाँहरुबाट विशेष अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank