बहस : नेपालमा दलित भविष्य
हाम्रो मूख्य समस्या आर्थिक, गरिबी वा किताबी अशिक्षा होईन । बरु विषमता (ठुलो जात साना जात ) पुराना साँस्कृतिक, सनातन धर्म वा ब्राम्हण धर्म (जसलाई रणनीतिको तहत अहिले सनातन धर्म भनिएको छ ) खास गरेर नेपाल र भारतको हाम्रो समाजको सामाजिक संरक्षण अनौठो अमानवीय छ । जन्मदै जात जन्मदै श्रेष्ठ हुन्छ अर्को जात अछुत । जबकि पानी चल्नेको आमाले पनि ९ महिना पेटमा बच्चालाई पालनपोषण गर्छ र पानी नचल्नेको आमा पनि ९ महिना नै पेटमा बच्चालाई राख्दछ । दुबै समुदायको आमाको प्रसुति पीडा बराबर नै हुन्छ । समाजको संरचना विषमताको पर्खालमा अड्केको छ । यसरी एक जात ठुलो र बाँकी अरु सबै सानो जातको नामबाट प्रभाषित भई जीवन विताईरहेका छन् । यस्ता विषमताको जन्मदाता को थिए ? र यहिलेसम्म पनि त्यस्ता प्रथाहरुको जलमल दिईरहेका को छ ? बुद्धिमान तथा सचेत मानवहरुले आज सोच्नुपर्ने आवश्यकता टड्कारो रुपमा देखिन आएको छ ।
“ तिमी हौं मूलवासी
सानो ठूलो जसले मान्दछ ति सबै हुन् दुष्ट विदेशीय
जसले गर्छ शोषण मनमानी , उठौं अव मिटाऔं उनको शैतानी
सबै पिडित मानवताको कल्याणको लागि देऔं कुर्वानी ।”
गरिबी एक बुझाई
1 खेतजोत छन् तर अन्न भित्रयाउन पाउंँदैनन् ।
2 घर दरबार बनाउँंछन् तर झूपडीमा बस्दछन् ।
3 मन्दिर बनाउँंछन् तर पूजा गर्न पाउँदैनन् ।
4 अस्पताल बनाउंँछन् तर उपचार गर्न पाउँंदैनन् ।
5 फर्निचर बनाउँछन् तर भूँईमा सुत्छन् ।
6 विद्यालय बनाउछन् तर छोराछोरी पढाउन पाउँदैनन् ।
7 जुता सिलाउँछन् तर नाङ्गो खुट्टा हिँड्छन् ।
8 अरुको परिचय निर्माण गर्छन् तर आफ्नो परिचय गुमाउंँदै जान्छन् ।
9 पोखरी बनाउंँछन् र स्वतन्त्र रुपले उपभोग गर्न पाउँंदैन् ।
10 धारा बनाउंँछन् र ईनार खन्ने काम गर्छन तर तयार भए पछि पानी खान पाउँंदैनन् ।
11 भोट दिएर नेता बनाउंँछन् तर आफु नेता बन्न सक्दैनन् आदि ।
गरिबको परिभाषा के हो ?
मुख्य रुपमा कुनै पनि राज्यका जनता जब राजनीतिक, आर्थिक, शैक्षिक, साँस्कृतिक , सामाजिक र सांस्कृतिक तथा मौलिक अधिकारहरुबाट बञ्चित तथा बहिष्कृत हुन्छन ती व्यक्तिहरु गरिब हुन्छन् तथा गरिब कहलाउँंछ ।
गरिबी भनेको के हो ? आर्थिक, राजनीतिक, शैक्षिक, साँंस्कृतिक, नागरिक, सामाजिक अधिकारहरु हनन् भएबाट उत्पन्न परिमाणका असर÷अवस्था र प्रभाव नै गरिबी हो ।
जीविकोपार्जनका आवश्यक पूंँजीहरु :
1 मानवीय पूंँजी : स्वास्थ्य, शिक्षा, पोषण, शारीरिक अवस्था, ज्ञान, सीप र दक्षता ।
2 आर्थिक पूँंजी : बचत, ऋण, धन, कमाई, नोकरी, ज्याला, पेन्सन ।
3 प्राकृतिक पूंँजीः भूमि, वन रुख, विरुवा, पानी, पर्यावरण र जडीबूटीहरु ।
4 सामाजिक पूंँजी : नाता सम्वन्ध, छिमेकी, आपसी विश्वास सामूहिक भावना, सामाजिक मूल्य र मान्यताहरु ।
5 भौतिक पूंँजी : संरचनाहरु बाटो, पुल, घर, यातायातका साधनहरु, शौचालय, ईन्धन ।
6 उत्पादनका साधनहरु : हलो, जुवा, मल, विउ, र सुधारिएका प्राविधिक उपकरणहरु ।
यी माथिका उल्लेखित शिलाआधारहरुलाई जबसम्म पूर्ण समानुपातिक समावेशीकरणको उचित मनोविज्ञानको आधारमा वितरण हुंदैन तबसम्म समता, स्वतन्त्रता, भाईचारा , बन्धुत्व तथा सामाजिक न्याय हाम्रो मौलिक अधिकार हो, नैसर्गिक अधिकार हो, जन्मसिद्घ अधिकार हो । परन्तु बहुुत दुखको साथ भन्नु परेको छ कि करिब ५००० हजार वर्षदेखी प्रत्येक समय काल तथा व्यवस्थामा ब्राम्हणी रितिरिवाज या सँस्कृतिबाट संचालन हँुंदै आईरहेका छन् । आर्य समाजको वंशज बताउने खस ब्राम्हण र खस ब्राम्हणको मानसिकतावाट ग्रसित नक्कली ब्राम्हणहरु चाहे हिमाली बासिन्दा होस् , पहाडका वासिन्दा होस् वा मधेशका होस् । सबैका सबै दुष्ट प्रवृति, अन्धविश्वासी तथा नवब्राम्हण हजारौं वर्षदेखि जनजाति, मुसलमान, दलित, थारु, पिछडावर्ग र मूलवासी सबैको मान सम्मान अतिक्रमण गरिसकेका छन् । मानवतावाद र मानव अधिकार समाप्त गरिसकेका छन् । मानवको मर्यादा जनावर भन्दा पनि तल झारी जिन्दगी तवाह गरिसकेको छ । सामन्तीवादी सांँस्कृतिक सम्वन्धि सोच्न विचार गर्न तथा संसोधन गर्न अर्थात प्रतिकार गर्नतर्फ उच्चस्तर समुदायको आवश्यक नै छैन् , मध्यवर्गको कामको व्यस्तताले सोच्ने फुर्सतै छैन र निम्न वर्गसंँग त्यस्ता कुरिती अमानवीय व्यवहारसंग संघर्ष गर्न स्रोतसाधन नै छन् । जसको चर्चामाथि उल्लेख गरिएको छ । एक देशले अर्को देशलाई उपनिवेश बनाईरहेको र बनाएका उदाहरणहरु प्रशस्त देख्न पाउँछौं । उपनिवेश अर्थको आधारमा, साँस्कृतिको आधारमा, सामाजिक रितिरिवाजको आधारमा, राजनीतिक अस्थिरता-दस्तावेजको आधारमा, देशको भौगोलिक बनोटको आधारमा, सैनिक क्षमताको आधारमा बनाएका घटनाहरु आज विश्वमा देखा पर्दै आईरहेको छ । नेपालमा आन्तरिक उपनिवेश साँस्कृतिक रितिरिवाजबाट समाजलाई बनाउंँदै आईरहेका छन् । जुनकी वैज्ञानिक दृष्टिकोणले असत्य तथा काल्पनिक ठहर भईसकेका छन् ।
वर्ग मुक्तिको कुरा हुन्थ्यो भन्ने ति दलित एउटा अनपढ ब्राम्हण, गरीब ब्राम्हणभन्दा उच्च श्रेणीमा हुनुपथ्र्यो । तर त्यस्तो हुंँदैन । त्यसैले हामी सबैले सोच्नुपर्ने वेला आईसकेको छ , वर्ग मुक्तिको नारा झुठा नारा हो, मुक्तिकै कुरा गर्ने हो भन्ने जातिविहिन समाजको कल्पना तर्फ अग्रसर हुनु उचित तथा मानवीय हुन जान्छ । त्यसैले आजाद हुने या विदेशीको बाहुनका गुलाम भएर नै बाँच्ने ?
संसारको स्थापनामा तथा आधारशिलाहरुको रचनामा श्र्रमिकवर्गको मुख्य भूमिका रहंँदै आएको छ । अर्थात यसलाई यसरी बुझौ कि मानवको पालनकर्ता आज श्र्रमिक वर्ग नै भएका छन् । यद्यपी यिनीहरु विभिन्न किसिमका विभेदमा जीवन व्यतित गर्दै आईरहेको छ । एउटा मानिसले शरीरमा लगाएका पहिरनहरुलाई केलाएर हे¥यो भन्ने सम्पूर्ण सामानहरु श्र्रमिकवर्गहरुवाट बनाएका पाउंँछौं । टोपी, सर्ट, गन्जी, पैन्ट, मौजा, जुत्ता र सिंगारका समानहरु जस्तै : पोते, मंगलशूत्र, कानका वाली, नाकको नथिया, निधारको विन्दी, चस्मा, औठी आदि । तापनि आज उक्त वर्ग विविध सामाजिक बन्धनले गर्दा अमानवीय जीवन विताई रहंँदा पनि एक मानवले अर्कोे मानवप्रति गरेको व्यवहारप्रति कति पनि लाज नमान्नु , कति पनि दया नदेखाउंनु ,कति पनि नीजहरुको उत्थानतर्फको आधारहरुप्रति उतरदायित्व वा सिरियस नहुनु , उक्त समाजका मानिसहरु पनि हाम्रो पूर्खाका सन्तान हामी बरावर छौ, नसोच्नु यस्ता विभेदका पराकाष्ठा देखाईरहनु आजको वैज्ञानिक युगमा अमानवीयका परिचय देखाई रहेका हुन भनि स्पष्ट हुनुमा कुनै हिचकिचाहट नहोला । जनआन्दोलबाट उठेका आवाजहरु जस्तैं : पूर्ण समानुपातिक समावेशीकरण, भौगोलिक तथा पहिचान अनुसारका राज्यका संरचना, स्वायत्त प्रदेश, सम्पूर्ण मधेश एक प्रदेश, धर्मनिरपेक्षता, एकै किसिमका शिक्षा प्रणाली, जनसख्याको आधारमा प्रतिनिधित्वको निर्धारण, नागरिकताको समस्या समाधान, दलित आयोग, मुस्लिम आयोगलगायतका सबै आयोगलाई पूर्ण अधिकार सम्पन्न व्यवस्थापन, सुकुम्वासी समस्या समाधान, छुवाछुतरहित समाजको निर्माण, विभेदरहित समतामूलक समाज, वास्तविक समाजवाद व्यवस्था र पर्यावरण बचाउन उचित व्यवस्थापन यी सम्पूर्ण नारा तथा सुखी नेपाली र समृद्धि नेपालका नभई नहुने बुंँदाहरु आज कहाँ हरायो ? यसको दोषी को ? दुई तिहाइका सरकारवाला यी कम्युनिष्टहरुको बुद्धि कहांँ गुलाम भएको छ ? नेपाल र भारतको सन्दर्भमा सनातनको प्रभावले कहिले पनि वर्ग मुक्ति हुन सक्दैन । उदारहरणको रुपमा दलित एम.ए.पढे पनि, जतिसुकै अफिसर भए पनि, जति ठुलो धनी भए पनि दलित नै कहलाउँंछ । अर्थात अछुत भएर नै जीवन व्यतित गर्नुपर्ने हुन्छ । वर्ग मुक्तिको कुरा हुन्थ्यो भन्ने ति दलित एउटा अनपढ ब्राम्हण, गरीब ब्राम्हणभन्दा उच्च श्रेणीमा हुनुपथ्र्यो । तर त्यस्तो हुंँदैन । त्यसैले हामी सबैले सोच्नुपर्ने वेला आईसकेको छ , वर्ग मुक्तिको नारा झुठा नारा हो, मुक्तिकै कुरा गर्ने हो भन्ने जातिविहिन समाजको कल्पना तर्फ अग्रसर हुनु उचित तथा मानवीय हुन जान्छ । त्यसैले आजाद हुने या विदेशीको बाहुनका गुलाम भएर नै बाँच्ने ?
Leave a Reply