भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै, नदीबाट टाढा रहन आग्रह

दलित अनलाइन भदौ १०, २०८३

काठमाडौँ —चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank