काठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।
ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकारहरूले मध्यरातिदेखि नै काठमाडौँ प्रहरी परिसरअगाडि नाराबाजीसहित धर्ना दिएका छन्।

पत्रकारहरुले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।
श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पत्रकार महासंघ तथा विभिन्न पत्रकार संगठनहरूले श्रेष्ठको पक्राउलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।
































Leave a Reply