कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

दलित अनलाइन साउन १२, २०८३

काठमाडौँ —  नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।  उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो।

श्रेष्ठलाई साउन ७ गते मात्र पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको थियो। श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको छ।

श्रेष्ठ क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो।

श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank