सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, प्रदर्शनकारीद्वारा लुटपाट तोडफोड र आगजनी

दलित अनलाइन साउन १२, २०८३

काठमाडौँ —  कप्तानगञ्ज घटनाका कारण सुनसरीको कोशी कटान क्षेत्र मंगलबार तनावग्रस्ताव बनेको छ।  कप्तानगञ्जमा १ जना मृत्यु र ९ जना गोली लागेर घाइते भएको घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले कोशी कटान क्षेत्रका पसलमा लुटपाट तोडफोड र आगजनी गरेका छन्।

जिल्ला प्रशासनले सो क्षेत्रमा आज साँझ ७ बजेसम्म कर्फ्यू लगाएको छ । सो क्षेत्रमा प्रहरी पनि तैनाथ छन्, त्यसका बाबजुद सो क्षेत्र तनावग्रस्त बनेको हो।

विरोधमा उत्रिएको समूहले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन्। प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।

आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। ९ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank