सांसद राजेन्द्र राईले सभामुखलाई तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? भनेपछि…

दलित अनलाइन असार २४, २०८३

काठमाडौं —   नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डिपी अर्याललाई  ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी प्रश्न प्रतिनिधिसभामा तनाव उत्पन्न भएको छ।

बुधबारको प्रतिनिधिसभामा बोल्ने क्रममा उनले सुरुमै सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भन्दै प्रश्न गरेपछि सभामुख अर्याल आक्रोशित बने।

त्यसपछि उनले सांसदलाई बोल्न दिएनन्, माइक काटे। उनले भने, ‘माननीय सदस्य तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ त्यसो हुँदा तपाईं बस्नूस्।’

उनले राईलाई बोल्न रोकेपछि एमाले सांसद उठेर विरोध जनाए। त्यसपछि सभामुखले सांसद परशुराम तामाङलाई समय दिए।

उनले तीन पटक बोलाउँदा पनि आफ्नो कुरा राखेनन्। त्यसपछि सभामुखले बोल्ने क्रममा सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरेकोमा ध्यानकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank